काठमाडौं । नेपाल एयरलाइन्सको उडान नं.४०२ बाट बैंकक उड्न लागेका एक अमेरिकी नागरिक ४ केजी ८ सय ग्राम प्रतिबन्धित लागूऔषध चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
चरेस लैजाने क्रममा उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको हो। लगेज चेक इन गर्ने क्रममा एक्सरे मेसिनमा शंकास्पद वस्तु देखिएपछि प्रहरीले लगेज खोलेर हेरेको थियो। प्रहरीले लगेज खोजतलास गर्दा लुकाएको अवस्थामा चरेस भेटिएको हो।
पक्राउ अमेरिकी नागरिक विलियम हेरोन क्यामरोन रहेको विमानस्थल प्रहरी स्रोतले बताएको छ ।
‘लगेच चेक इनका क्रममा शंका लागेपछि अनुसन्धान भएको थियो। जाँचका क्रममा करिब ५ केजी लागू औसद चरेस बरामद भएको छ’, विमानस्थल स्रोतले भन्यो। चरेस बोकेका अमेरिकी नागरिक विलियम नेपाल एयरलाइन्सबाट थाइल्यान्डको बैंकक जाने क्रममा थिए। उनको उडान दिउँसो ४ बजेपछि रहेको थियो।