मंगलबार, भाद्र २ गते २०८३
images

काठमाडौंका विभिन्न ठाउँबाट ८२ जना पाकेटमार पक्राउ गरी सार्वजनिक

  • 9.5K
    SHARES
  • आषाढ १, २०७६ आइतबार

    काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले ८२ जना पाकेटमारलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष अभियान सञ्चालन गरेर सवारी साधानमा पाकेटमारी गर्ने र विभिन्न ठाउँबाट चोरी गर्ने व्यक्तिलाई सार्वजनिक गरिएको हो ।

    काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीका अनुसार सार्वजनिक सवारी साधानमा पाकेटमारी र चोरीका घटना बढेको सूचनाको आधारमा जेठ महिनाभर चलाइएको अपरेशनका क्रममा उनीहरुलाई समातिएको थियो ।
    चोर समात्न यातायात व्यवसायीको सहकार्यमा सादा पोशाकको प्रहरी खटाइएको थियो । पक्राउ परेका मध्ये अधिकांश बस तथा माइक्रो बसमा यात्रुको पकेट तथा झोलामा रहेका नगद, माबाइल र गरगहना चोर्दै गर्दा समातिएका थिए ।

    कानुनतः पहिलो पटक पाकेटमारी गर्नेलाई एक महिना जेल र विगो बराबरको जरिवाना हुन्छ । दोस्रो पटक पुनः सोही कार्यमा संलग्न भए दुई महिना कैद र विगो बराबरको जरिवाना हुन्छ ।

    पक्राउ परेकामाथि चोरी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार