मंगलबार, भाद्र २ गते २०८३
images

लागु औषध चरेश ओसार पसारमा संलग्न एक महिला र एक जना पुरुष पक्राउ

  • 3.1K
    SHARES
  • आषाढ २, २०७६ सोमबार

    काठमाडौं ।बीरगञ्ज प्रहरीले लागु औषध चरेश ओसार पसारमा संलग्न एक महिला र एक जना पुरुषलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा पर्साको छिपरमाई गाउँपालिका–५ भिष्वा बस्ने अन्दाजी वर्ष ३२ को ईम्तियाज आलम र बाराको सितलपुर घर भई हाल बिरगंज महानगरपालिका–२ छप्कैयामा डेरा गरी बस्ने अलि असरल अंसारीको श्रीमती अन्दाजी वर्ष ३०/३२ की मिना खातुन रहेका छन्।

    उनीहरुको साथबाट लागु औषध चरेश ५ किलो फेला परेको प्रहरीले जनाएको छ।

    बीआर २२एल ८२५५ नंको मोटरसाइकलमा चढी बीरगंजको घण्टाघरबाट भारतको रक्सौलतर्फ जाँदै गर्दा उनीहरुलाई प्रहरी चौकी ईनर्वा र
    लागु औषध ब्युरो शाखा कार्यालय पर्सा बीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा फेला पारेको हो।

    मोटरसाइकलसहित नियन्त्रणमा लिइ उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार