मंगलबार, भाद्र २ गते २०८३
images

भैरहवा विमानस्थलबाट पेस्तोल र १६ राउण्ड गोलीसहित एक पक्राउ

  • 3.7K
    SHARES
  • आषाढ ३, २०७६ मंगलबार

    रूपन्देही । प्रहरीले भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लखनउका ५० वर्षीया उमेश शुक्ला छन् । प्रहरीका अनुसार उनी मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए ।

    तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।

    उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको डीएसपी धर्मराज भण्डारीले बताएका छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार