मंगलबार, भाद्र २ गते २०८३
images

पानीजहाजमा काम लगाइदिने भन्दै ६ करोड ठगी गर्ने पक्राउ

  • 4.0K
    SHARES
  • आषाढ ४, २०७६ बुधबार

    काठमाडौँ । महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै ६ करोड रुपैयाँ ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

    महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी आज काठमाडौँ ल्याई सार्वजनिक गरेको हो।

    महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले काठमाडौँको विशालनगरमा ‘द एपेरिङक फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी दिएका छन।

    ‘पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिने भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालीमसमेत दिने गरेको अनुसन्धानमा खुलेको छ’, उनले भने।

    पक्राउ परेका पौडेलले काम गर्न जाने लागत पाँच लाख रुपैयाँ र तलब ६ सय ५० अमेरिकी डलर हुने प्रलोभन देखाएर तीन सयभन्दा बढीको ६ करोड रुपैयाँ ठगी गरेको महाशाखाको दाबी छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार