शनिबार, श्रावण ३० गते २०८३
images

एनआईसी एसियाको तीनवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

  • 5.0K
    SHARES
  • आषाढ २४, २०७६ मंगलबार

    काठमाडौं । एनआईसी एसिया बैंकले सहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ। सोही क्रममा झापा जिल्लाको अर्जुनधारा नगरपालिका, वडा नं। २, खुदनाबारी, रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। ११, मोग्लाह र मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं। २, अमरदहमा आफ्नो क्रमशः ३८औं, ३९औंं र ४०औंं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो।

    बैंकले सञ्चालनमा ल्याएको खुदुनाबारी शाखारहित बैंकिङ सेवाको उद्घाटन अर्जुनधारा नगरपालिका वडा नं। २ का वडा अध्यक्ष रघुनाथ खनालले गरेका हुन्। उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा खड्ग माया पराजुलीलाई नियुक्त गरिएको छ। यसैगरीे मोग्लाह शाखारहित बैंकिङ सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। ५ का वडा अध्यक्ष खुर्सेद आलमले गरेको बैंकले जनाएको छ। उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा श्री जलालुद्दीन मुसलमानज्यूलाई नियुक्त गरिएको छ । त्यस्तै अमरदह शाखारहित बैंकिङ सेवाको उद्घाटन सुनवर्षी नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष टेक बहादुर विष्टले गरे। अमरदह शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा योगेन्द्र संग्रौलालाई नियुक्त गरिएको बैंकले जनाएको छ।

    शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन्। यस्तो सेवाबाट स्थानीयबासीले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने वा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्नसक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

    बैंकको २ सय ८५ शाखा कार्यालय, तीन सय एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४० वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् भने १६ लाख ग्राहक छन्।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार