सोमबार, भाद्र १ गते २०८३
images

बाणिज्य बैंकहरुले नयाँ बर्षबाट ब्याजदर घटाउने


  • 911
    SHARES
  • चैत्र ३०, २०७९ बिहीबार

    चैत्र ३०, काठमाण्डौं - बाणिज्य बैंकहरुले नयाँ बर्षसँगै ब्याजदर घटाउने भन्दै घटेको ब्याजको दररेट सार्वजनिक गरेका छन। यो दररेट अन्तर्गत ब्याक्तिगत मुद्द्ती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झरेको छ। नेपाल बैंकर्स संघको हिजो बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियोे।

    बैंकर्स संघको निर्णय अनुसार मुद्द्तीसंगै बचत, संस्थागत र कल निक्षेपको पनि ब्याजदर घटेको छ। संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा छ। साधारण बचतमा ५.४ देखि ८.४ दिईरहेकामा कल डिपोजिटको ब्याजदर भने २.७ प्रतिशत मात्र छ।

    बैंकहरुले निक्षेपको ब्याजदर घटाएपनी कर्जाको ब्याजदर घटाउनेबारे मौन बसेका छन। बैंकहरुको निक्षेपको ब्याजदर घटेपछी कर्जाको ब्याजदर घटाउन भने नैतिक दवाव हुने नै देखिन्छ। उद्द्योगी ब्यावसायीहरुले कर्जाको ब्याजदर घटाउनु पर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छ्न। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार