सोमबार, भाद्र १ गते २०८३
images

नबिल बैंकको ३८ औं वार्षिक साधारण सभा सम्पन्न


  • 2.4K
    SHARES
  • पौष २९, २०७९ शुक्रबार

    पौष २९, काठमाण्डौ - नबिल बैंकको ३८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले आफ्ना सेयरधनीलाई जम्मा ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

    बैंकको सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आर्थिक बर्ष २०७८/७९ को मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस शेयर तथा ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

    नेपालको अग्रणी र उत्कृष्ट बैंकिङ सेवाको पहिचान बनाउदै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गको बैंकहरुमध्ये सबै भन्दा बढी लाभांश दिएको हो ।

    अघिल्लो आर्थिक वर्षमा निजी क्षेत्रका बैंकहरु मध्ये सबै भन्दा बढी मुनाफा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ । हाल नविल बैंकको चुक्ता पूँजी २७ अर्ब नाघेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार