शनिबार, श्रावण ३० गते २०८३
images

सर्वसाधारणको निक्षेप पुर्णरुपमा सुरक्षित छ: नेपाल राष्ट्र बैंक


  • 2.0K
    SHARES
  • फाल्गुण ८, २०८० मंगलबार

    काठमाडौं - नेपाल राष्ट्र बैंकले सर्वसाधारणले बैंकमा जम्मा गरेको रकम पुर्णरुपमा सुरक्षित रहेको जनाएको छ। केही व्यक्ती र समुहले दिएका दुष्प्रचार र अभिव्यक्तिप्रती हाम्रो ध्यानाकर्षण भएको भन्दै पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ प्रणाली र क्षेत्र सक्षम र सबल रहेको स्पष्ट पारेको हो। 

    नेपाल राष्ट्र बैंकको आज मंगलबारको विज्ञप्ती अनुसार यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोवारको नियमित निगरानी गरिरहेकाले सर्वसाधारणको निक्षेप पुर्ण रुपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध गर्दछ। साथै बैंक तथा वित्तीय संस्थाहरुको निरीक्षण, सुपरिवेक्षण र निर्देशन गर्दा समेत सर्वसाधारणको निक्षेपको सुरक्षालाई सधै प्राथमिकतामा राख्ने गरेको जनाएको छ।

    बैंकिङ जस्तो सम्वेदनशिल क्षेत्रप्रती सर्वसाधारणलाई भ्रमित गर्नेको पछाडि नलाग्न लगानीकर्ता, ग्राहक, निक्षेपकर्ता साथै सरोकारवाला सबैलाई ढुक्कसंग नियमितरूपमा बैंकिङ कारोवार गर्न राष्ट्र बैंकले अपिल पनि गरेको छ। 

    सामाजिक संजालमा केहिदिन यता बैंक तथा बित्तीय संस्था प्रती नकारात्मक टिप्पणीहरु आउन थालेपछि राष्ट्र बैंकले विज्ञप्ती जारी गरेको हो।

     

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार