मंगलबार, भाद्र २ गते २०८३
images

ठूलो परिणामको लागुऔषधसहित एक महिला पक्राउ

  • 3.9K
    SHARES
  • श्रावण ९, २०७६ बिहीबार

    काठमाडौं । प्रहरीले विराटनगरबाट ठूलो परिणामको लागुऔषधसहित बिहीबार एक महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले विराटनगर महानगरपालिका(१५ रामजानकी चोकबाट ३२ वर्षीय अरजिना खातुनलाई पक्राउ गरेको हो।

    भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेकी विराटनगर-१५ नै घर भएकी उनी लागुऔषध ओसारपसार गर्ने भरिया भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताएका छन। 

    उनका अनुसार खातुनले बोकेर ल्याएको झोलाबाट डाईजेल्याव, एभिल र लुपिजेसिक दुई÷दुई सय एम्पुल गरेर जम्मा ६ सय एम्पुल तथा डाइलेक्सडिसी पाँच बोतल, नाइट्रोजेपाम ३० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन एक सय ४४ क्याप्सुल बरामद भएको छ।

    डीएसपी खिउजुले पक्राउ परेकी महिलाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बताएका छन। उनले महिला विगतदेखि भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन। 

    अवैधरुपमा नेपाल भित्राएर धरानमा लागुऔषधको कारोवार गर्ने नेपाली व्यापारी र जोगवनीमा डिलर चलाएर बसेका व्यक्तिबीचमा निश्चित पैसा लिएर लागुऔषध बोकिदिने भरियाको काम गर्ने गरेको प्रहरीको भनाइ छ।

    पक्राउ परेकी खातुनले भने आफू सुनसरीको धरान हिंडेको बताएकी छन् ।उनले आफूलाई धरान पुर्‍याइदिन १० हजार रुपैयाँ दिन्छौं भनेर जोगवनीबाट एउटा झोला दिएर पठाएको प्रहरीसमक्ष बयान दिएकी छन्।

    झोला बोकेर आउँदै गर्दा प्रहरीले बीचमै पक्राउ गरेपछि मात्रै लागुऔषध रहेछ भन्ने थाहा भयो।ती महिलाले दिएको सूचनाका आधारमा धरानमा लागुऔषधको व्यापार गरेर बस्ने व्यक्तिलाई पक्राउ गर्नका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ।प्रहरीले ती व्यक्तिको नाम र ठेगाना भने गोप्य राखेको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार