मंगलबार, भाद्र २ गते २०८३
images

एक किलो सुनसहित एकजना पक्राउ

  • 3.4K
    SHARES
  • श्रावण १६, २०७६ बिहीबार

    काठमाडौं । काठमाडौँको थानकोटबाट एक किलो सुनसहित एकजना पक्राउ परेका छन्।

    महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेका रसुवाको गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई बुधबार साँझ पक्राउ गरेको हो।

    वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले रसुवाबाट बा ९० प २७३६ नम्बरको मोटरसाइकलमा काठमाडौँ आउदै गरेको बेला तामाङलाई पक्राउ गरिएको बताएका छन।

    तामाङबाट बरामद भएको सुन नक्कली कि सक्कली परीक्षणबाट मात्र थाहा हुने थापाले बताएका छन।

    तामाङले केरुङ नाका हुँदै चीनबाट सुन ल्याएको अनुमान प्रहरीले गरेको छ। तामाङको विषयमा थप अनुसन्धान भइरहेको थापाले बताएका छन।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार