सोमबार, भाद्र १ गते २०८३
images

टिपरसँग घुस लिने ५ जना ट्राफिक प्रहरी पक्राउ

  • 4.7K
    SHARES
  • श्रावण १७, २०७६ शुक्रबार

    काठमाडौं । मेलम्चीबाट काठमाडौंतर्फ बालुवा लिई आउने टिपरबाट घुस लिने ५ जना ट्राफिक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेका विभिन्न तीन ठाउँबाट पक्राउ गरेको छ ।

    काभ्रेको हिगुवापाटी, पाँचखाल र बनेपामा कार्यरत ट्राफिक प्रहरी टिपरसँग घुसबापत २र२ हजार रुपैयाँ लिएको अवस्थामा पक्राउ परेका हुन् ।

    हिगुवापाटी ट्राफिक पोस्टमा कार्यरत प्रहरी जवान तेजप्रसाद भट्टराई, पाँचखालमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र प्रहरी जवान ज्ञानबहादुर लामगादे र बनेपा ट्राफिक पोस्टमा कार्यरत हरिचन्द्र बानियाँ र प्रहरी हवल्दार रामहरि मानन्धर पक्राउ परेका अख्तियारले जनाएको छ ।

    बालुवा लिएर आउने टिपरसँग विभिन्न बाहना बनाई उनीहरुले घुस लिने गरेको सूचनाको आधारमा पुगेको अख्तियारको केन्द्रीय कार्यालय टंगालको टोँलीले उनीहरुलाई पक्राउ गरेका हुन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार