सोमबार, भाद्र १ गते २०८३
images

पशुपतिनाथको दर्शन गरि तपाइको आजको दिन कस्तो छ ? राशिफल हेर्नुहोस !

  • 8.9K
    SHARES
  • श्रावण १९, २०७६ आइतबार

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- शुभारम्भको चर्चा चल्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्रापनि रहला ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- सानातिना समस्यामा अल्झिनुपर्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । मुद्दा मामिला आइलाग्नेछ । प्रेममा मनमुटाव रहला ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ । रोमाञ्चक यात्रा होला ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- अनुहारमा कान्ति र मनमा शान्ति छाउला । चिन्ता छाडेर चिन्तन गर्ने समयछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । शत्रु क्षय होलान् ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । पेट सम्बन्धि समस्याले सताईरहनेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- आँटेको र ताकेको कार्य पुरा होला । प्रेमीको सहयोग पाइनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । कला र गलाको प्रभाव बढ्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । शुभ समाचार सुन्न पाईएला ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । व्यवसायमा मन्दी आउनेछ । कार्यमा बाधा आउनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- धार्मिक यात्राको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

    ( ज्यो.प. नारायणप्रसाद दुलाल

    977-9849559502

    अधिक जानकारीको लागि )

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार