मंगलबार, भाद्र २ गते २०८३
images

सूचना प्रविधिको महामेला क्यान इन्फोटेक २०१९ भृकुटीमण्डपमा सुरु

  • 3.3K
    SHARES
  • माघ १५, २०७५ मंगलबार

    काठमाडौं । सूचना प्रविधिको महामेला क्‍यान इन्फोटेक २०१९ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ । मेलामा क्यानका सदस्यका साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहेको छ ।

    मेलामा प्रविधिमा विकास भएका नयाँ नयाँ अन्वेषणहरु अवलोकनको व्यवस्था गरिएको छ । माघ २० सम्म चल्ने इन्फोटेकमा रोबोटिक्स जोनमा रोबोट ब्याटल प्रतिस्पर्धा गराइनेछ भने प्रतिस्पर्धामा प्रथम र द्धितीय हुने टिमलाई नगद पुरस्कार दिइनेछ। यसका साथै मेलामा नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्रविधिले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका छन् ।

    यस्तै क्‍यान इन्फोटेको टाइटल स्पोन्सर रहेको सुबिसु केवल नेटले इन्टरनेको प्‍याकेजमा नयाँ स्किम लिएर आएको सुविसुका प्रबन्ध निर्देशक सुधीर पराजुलीले बताएका छन। ईसेवाबाट टिकट काटेबापत मेला अवलोकनकर्तालाई विदेश भ्रमर्णदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर उपलब्‍ध हुनेछ। जसबापत इन्डोनेसियाको बाली र थाइल्याडको बैंकक भ्रमणका लागि दई जोडीले दुई रातका लागि खानेबस्ने र जाने–आउने टिकट पाउने छन्।

    त्यस्तै दैनिक पुरस्कार अन्तर्यत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशुलीमा र्‍याफ्टिङ्, पोखरामा बन्जी जम्प अथवा जिपफ्लायर र केजीइच ग्रुप अफ होटलहरुमा हरेक दिन एक जोडीलाई रात बस्ने सुपिधा प्रदान गरिनेछ।

    सो बाहेक हरेक दिन पाँच जनालाई दुई हनार बराबरको सपिङ भौचर प्रदान गरिनेछ। त्यस्तै ६० जनालाई दुई सय बराबरको फुड भौचर र मेलाका सहभागिमध्ये ६ जनाले प्रत्येक दिन फिल्म टिकट पाउनेछन् तर यो सेवाका लागि अवलोकनकर्ताले सीएएन टाएप गरी ३२१२१ मा पठाउनुपर्नेछ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार