आइतबार, श्रावण ३१ गते २०८३
images

नेपाल टेलिकमले दियो आजबाट आकर्षक अफर


  • 1.8K
    SHARES
  • चैत्र २८, २०७९ मंगलबार

    चैत्र २९, काठमाण्डौ - नेपाल टेलिकमले आज २९ गतेबाट ३ महिनासम्मका लागि स्प्रिङ अफरहरु उपलब्ध गराउने भएको छ। यस अफरमा एफटीटीएच प्याकेज अनुसार डाटा वार्षिक रु. ८ हजार मात्रमा उपलब्ध हुनेछ। एफटीटीएच भ्वाइस सेवा प्रयोग गरिरहेका ग्राहकलाई भने यो प्याकेज वार्षिक रु. ६ हजार मै उपलब्ध गराउने छ। कम्पनीले १ वर्षे प्याकेज तथा आईपीटीभी कम्बो प्याकेजमा अहिले उपलब्ध भईरहेको २५ एमबीपीएस गतीलाई बढाएर ३० एमबीपीएसको बनाइएको छ।

    एनटी टीभीसहितरहेको प्याकेज लिने ग्राहकलाई वार्षिक रु. १२ हजारमा २० एमबीपीएसको इन्टरनेट र ३ हजार मिनेट कुराकानी गर्न सकिने भ्वाइस सेवा समेत उपलब्ध हुनेछ। विगतदेखी नै संचालन हुँदै आएका भ्वाइस प्याक, डाटा प्याक, कम्बो प्याक, एसएमएस प्याक, सीयूजी प्याक, पोस्टपेड प्याक लगायतका प्याकेजलाई निरन्तरता दिइएको छ। 


    यस प्याकेज अन्तर्गतका सुबिधाहरु प्राप्त गर्नका लागि ग्राहकले *1415*1# डायल गर्ने या नेपाल टेलिकमको एपबाट पनि खरिद गर्न सकिने छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार