मंसिर ५, काठमाण्डौं - सर्वोच्च अदालतले टिकटकमा सरकारले लगाएको प्रतिबन्धको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्विकार गरेको छ। आज मंगलवार न्यायाधीश विनोद शर्माको एकल ईजलासले अन्तरिम आदेश दिन अस्विकार गरेको हो। आजको इजलासले मंसिर १५ गते भित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ।
कार्तिक २७ मा मन्त्रीपरिषदले निर्णय गरि टिकटक प्रतिबन्ध लगाएको थियो। सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै सरोकारवाला, कानुन व्यवसायी र अन्य गरि १० भन्दा बढी रिट परेको थियो।
यो रिट माथीको मुद्दामा यहि मंसिर १९ गते पुर्ण सुनुवाइको लागी पेश गर्न पनि सर्वोच्च अदालतले आदेश दिएको छ।