शनिबार, श्रावण ३० गते २०८३
images

भोली वैशाख ७ गते ६ घण्टाकालागी त्रिभुवन विमानस्थल बन्द हुने


  • 3.0K
    SHARES
  • बैशाख ६, २०८० बुधबार

    बैशाख ६, काठमाण्डौँ - भोली वैशाख ७ गते बिहिवार ६ घण्टा त्रिभुवन विमानस्थल बन्द हुने भएको छ। त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल तथा आन्तरिक दुबै तर्फका सम्पूर्ण उडान तथा अवतरणहरु अवरुद्ध हुने भएको हो। नागरिक उड्ड्यान प्राधिकरण गौचरका अनुसार विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्नकालागी अनलाइन यूपीएस प्रणाली जडान गर्नु भएकोले बिद्युत सेवा अवरुद्ध हुनेहुँदा भोली बिहान १ देखि बिहान ७ बजेसम्म उडान र अवतरन सेवा अवरुद्ध हुनेछ। 

    विमानस्थलमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा कुनै पनि सेवाहरु संचालन हुन नसक्ने हुँदा उडान/अवतरण नहुने नागरिक उड्यान प्राधिकरण गौचरले जनाएको छ। यसबाट प्रभावित हुने यात्रुहरुलाई सम्बन्धित वायुसेवा कम्पनीहरूसँग सम्पर्कमा जान यात्रुहरुलाई अनुरोध समेत गरेको छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार