प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ लि छ्याङबिच हिजो सोमबार बेइजिङमा द्विपक्षीय भेटबार्ताको क्रममा विभिन्न समझदारी भएको थियो। सोमबार सम्झौता भएतापनी मंगलबार विहानमात्र जलविद्युत सिमापार प्रशारणलाईन र सबस्टेसनको केरुङ-रसुवागढी- चिलिमे प्रसारण लाइन बनाउने सहमती भएको उल्लेख गरिएको छ।
समझदारी अनुसार २२० केभी क्षमताको लाइन नेपालको चिलिमेबाट चिनको जिलुङमा जोडिने छ। नेपाल तर्फ १६ किलोमीटर लामो प्रसारण लाइन हुनेछ भने चीनतर्फ अध्यन गरि आवश्यक प्रक्रिया अघि बढाउने सहमती भएको छ।
नेपालले चिनको सिजाङ क्षेत्रबाट नेपालको उत्तरी दुर्गम क्षेत्रमा विद्दुत उपलब्धताकालागी गरेको आग्रहलाई चिनले सकारात्मकरुपमा लिएको जनाईएको छ। यो संगै वायु, सौर्य, हाईट्रोजन उर्जाको क्षेत्रहरूमा पनि सहकार्य गर्ने उल्लेख छ।
उत्तरी छिमेकी चीनसंग प्रसारण लाइन निर्माण भए नेपालको बिद्दुत चीन, भारत र बंगलादेशसम्म नेपालले बिद्दुत ब्यापार गरि मनग्य आम्दानी गर्न सक्ने देखिन्छ। तर सम्झौता भएतापनी कार्यान्वयन पक्षमा सरकारले चासो नदेखाउने हुदा सम्झौता सम्झौतामा नै सिमित हुने गरेको देखिन्छ।