सुर्खेत, ६ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कांग्रेसको अन्तिम लडाईँ भनेकै नेपालमा कम्युनिस्ट शासनको अन्त्य गर्ने बताएका छन् । उनले दुई तिहाइको दम्भ देखाँउदै वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी बनेको भन्दै नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने बताए ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापनमा बोल्दै देउवाले नेपालमा कम्युनिस्ट शासन चाँडै अन्त्य हुने ठोकुवा गरेका हुन् ।
वर्तमान सरकारले राणा शासनभन्दा अधिक बनेर जनतालाई हाँस्न र रुन पनि नदिएको उनको आरोप छ । उनले भने ‘वर्तमान कम्युनिस्ट सरकारले जनतालाई स्वतन्त्रपूर्वक बोल्न र लेख्न पनि दिएको छैन, भ्रष्टाचार, हिंसाजस्ता ठूला अपराधमा मुछिँदैआएको छ ।