मंगलबार, भाद्र २ गते २०८३
images

देउवाले भने - न्यून आय भएकालाई राहत देउ ?

  • 3.5K
    SHARES
  • चैत्र १३, २०७६ बिहीबार

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ।यो महामारीबाट बच्न नेपाल पनि लक डाउन गरिएको छ। यो अबस्थामा न्यून आय भएका मानिसहरु अति चपेटामा परेपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसंग माग गरेका छन् । नेपाल यतिबेला लक डाउनको अबधि थप गर्ने तयारीमा समेत रहेको छ।

    गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २२ सय ९७ को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार २०० पुगेको छ। कोरोना भाइसका कारण विश्वभर हाल ३ लाख ३३ हजार २ सय ३५ जना संक्रमित छन्। संक्रमित मध्ये १ लाख १४ हजार २ सय १८ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्। अहिलेसम्म विश्वभर ४ लाख ६८ हजार ४४ जनामा यसको संक्रमण पुष्टि भएको छ।

    सभापति देउवाले दैनिक मजदुरी गर्नेको लागि बिशेस प्याकेज ल्याउन सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन ।‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले ट्विटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन उत्तम विकल्प भएको देउवाको भनाइ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार