सोमबार, भाद्र १ गते २०८३
images

हतियार र सुनका गहनासहित ३ जना पक्राउ

  • 3.6K
    SHARES
  • भाद्र १९, २०७६ बिहीबार

    कैलाली । धनगढीको चटकपुरबाट प्रहरीले हतियार र सुनसहित तीन जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना सोही ठाउँका कमल बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारी पक्राउ परेका प्रहरीले जानकारी दिएको छ ।

    प्रहरीले उनीहरुको साथबाट एक थान पेस्तोल, एक थान सिक्सर र दुई थान कटुवा  सुनका गहना, तमसुक र राष्ट्र बैंकका नक्कली कागजातलगायतका सामाग्री बरामद गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी  कार्यालय  र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार सञ्जय रानाको केही बर्ष अगाडि धनगढीको मट्यारीमै सामान्य घर थियो । एकाएक उनले आलिसान घर बनाए,  कार चढ्न थाले, ठूला होटलहरुमा भोज भतेरको कार्यक्रम समेत आयोजना गर्न थाले ।

    देखिने गरी कुनै पनि कारोवारमा संग्लन नभए पनि उनको जीवनशैली एकाएक फेरिएको थियो । छिमेकीले सोध्दा जग्गाको कारोबार गर्छु भन्दै उनी सहजै जवाफ दिन्थे । तर अहिले उनी पक्राउ परेपछि द्वन्द्वकालदेखि नै हतियारको कारोवारी रहेको स्रोतले बताएको छ ।

    अवैध हातहतियारको कारोबारका लागि उनले भारतमा पनि राम्रो सम्वन्ध बनाएका थिए । यो क्षेत्रमा अपराधिक गतिविधिका लागि कसैलाई हतियार आवश्यक भए उनले नै विक्री गर्दै आएका थिए । उनले यस बीचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुसंग उठबस र राम्रो सम्बन्ध पनि बनाएका थिए । द्वन्द्वकालमा पनि तत्कालीन माओवादीका यस क्षेत्रका शीर्ष नेताहरुसंग उनले राम्रो सम्वन्ध बनाएको  स्रोतले बतायो ।

    स्रोत भन्छ, ‘उनी यो क्षेत्रै ठूलो जग्गा दलाल समेत हुन्, सस्तोमा जग्गा खरिद गरेर, वरपरको जग्गा हड्प्नका लागि उनले धम्की दिने गरेका थिए ।’

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार