आइतबार, श्रावण ३१ गते २०८३
images

टी ट्वान्टी सिरिजको अन्तिम खेल खेल्दै नेपाल र युएई

  • 6.1K
    SHARES
  • माघ २०, २०७५ आइतबार

    काठमाडौं । संयुक्त अरब इमिरेट्स भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम तथा तेस्रो टी ट्वान्टी खेल खेल्दै छ  । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे सुरु हुनेछ ।

    घरेलु टोलीविरुद्ध मैदान उत्रने क्रममा नेपाल एकदिवसीय सिरिज जस्तै ऐतिहासिक टी ट्वान्टी सिरिज पनि जित्ने लक्ष्यमा हुनेछ । घरेलु टोलीसँगको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को अवस्थामा रहेको छ । अन्तिम खेल जित्दै नेपाल पहिलो टी–ट्वान्टी सिरिज जितेर इतिहास रच्ने खोजिमा हुनेछ । यसअघि नेपालले तीन एखेलको कदिवसीय सिरिज २–१ ले जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार