आइतबार, श्रावण ३१ गते २०८३
images

नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाए : प्रचण्ड

  • 4.8K
    SHARES
  • माघ २२, २०७५ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाएको भन्दै प्रशंसा गरेका छन् ।
    ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाएर प्रचण्डले बधाई तथा शुभकामना दिएका हुन् ।

    देश समृद्धिको यात्रामा अघि बढेको बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भुमिका खेलेको प्रचण्डले बताएका छन ।

    अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलको विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन।

    आफ्नोतर्फबाट यो क्षेत्रको विकास र खेलाडीको मनोबल उच्च राख्न सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत प्रचण्डले व्यक्त गरेका छन ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार