आइतबार, श्रावण ३१ गते २०८३
images

गुण्डा नाइके राजु गोर्खाली पक्राउ

  • 3.0K
    SHARES
  • माघ २०, २०७५ आइतबार

    काठमाडौं । गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई  आज राजधानीको नयाँ वानेश्वरबाट पक्राउ गरेको हो । 

    महानगरीय अपराध महाशाखाका एसपी सोमेन्द्र सिंह राठौरले राजधानीको सुन्धारामा सञ्चालित काठमाडौं मलका व्यापारीलाई धाकधम्की दिँदै बढी भाडा असुल गरेको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको जानकारी दिएका छन । 

    चाबहिल क्षेत्रलाई आधार क्षेत्र बनाएर गुण्डागर्दी गर्दै आएका उनले काठमाडौं मल भाडामा लगाउन ठेक्काको काम गर्दै आएका थिए । पछिल्लो समय उनी सो जिम्मेवारीबाट हटेको बताइएपनि व्यापारीलाई धम्क्याउन भने नछाडेको प्रहरीको भनाई छ । 

    अपहरण, फिरौती, चन्दा, जबरजस्ती असुली, ठेकापट्ट आदिमा संलग्न हुँदै आएका गुण्डा नाइके गोर्खाली यसअघि पनि पक्राउ पर्दै र छुट्दै आएका थिए । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार