आइतबार, श्रावण ३१ गते २०८३
images

नेकपाको सचिवालय बैठक आज बस्दै, कार्यदलको काम र प्रतिवेदन बारे छलफल हुने

  • 7.1K
    SHARES
  • माघ २१, २०७५ सोमबार

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । पार्टी एकताको विषयमा केन्द्रित हुने गरी नेकपाले बैठक बोलाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको मापदण्ड लगायतका विषय टुंग्याउन बनाइएको कार्यदलको काम र प्रतिवेदनका बारेमा समेत छलफल हुनेछ ।

    नेकपा स्थायी समितिले बनाएको ९ सदस्यीय कार्यदललाई पार्टी एकताको नयाँ मापदण्ड, केन्द्रीय सदस्यको जिम्मेवारी भागबन्डा, पोलिटब्युरो सङ्ख्यालगायतका विषय टुंग्याउन जिम्मेवारी दिइएको थियो । यस्तै, बैठकमा समसामयिक राजनीतिक विषय, भेनेजुएला प्रकरणमा समेत छलफल हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार