सोमबार, भाद्र १ गते २०८३
images

मेलम्चीकाे अन्तिम म्याद भोलि सकिँदै,काम सकिन अझै ३ वर्ष लाग्ने अनुमान

  • 5.0K
    SHARES
  • माघ २१, २०७५ सोमबार

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम रोकिए पछि सरकारले पुनः काममा फर्कन निर्माण कम्पनीलाई दिएको समय मंगलबार सकिँदैछ । खानेपानी विकास समितिले निर्माण कम्पनी सीएमसीलाई काममा फर्कन दिएको अन्तिम समय भोलि अर्थात मंगलबार सकिन लागेको हो ।

    निर्माणको जिम्मा पाएको सीएमसी कम्पनी अहिलेसम्म सम्पर्कमा नआएको विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भने – “हामिले दिएको अल्टिमेटम सकिन अब एक दिन छ तर पनि उहाँहरु हाम्रो सम्पर्कमा आउनु भएको छैन् सम्पर्कमा आउने सम्भावनापनि कम देखिन्छ ।” सरकारले १३ दिन अघि काममा पर्कन दुई साताको लागि अन्तिम अल्टिमेटम दिएको थियो ।
    यदी निर्माणको जिम्मा पाएको सीएमसीले काम नगरे के गर्ने भनेर निर्णय गर्ने बारे विकल्प खोजिरहेको समितिका निर्देशक कँडेलले बताएका छन । उनका अनुसार दुई विकल्प अघि सारिएको छ ।

    पहिलो विकल्पमा द्रुत मार्गमार्फत काम अघि बढाउने र अर्को विकल्पका रुपमा नियमित खरिद प्रक्रियालाई लिइएको छ । खरिद प्रक्रिया पुर्याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्ने पनि दोस्रो विकल्प हो । जसमा सार्वजनिक बोलपत्र आव्हानमै तीनदेखि नौ महिना लाग्ने र काम सम्पन्न गर्न दुईदेखि तीन वर्ष लाग्ने अनुमान गरिएको छ ।

    सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीमा बिशेष परिस्थितिको अवस्थाको कारण जनाई खरिद प्रक्रिया पुर्याएर मौजुदा सप्लायर्स तथा भेण्डरहरूलाई नै प्रयोग गरी छिटो प्रक्रियाबाट काम सम्पन्न गर्न पाउने व्यवस्था छ । तर यो कप्रकृया अपनाउन भने ३ देखि ४ महिनासम्म समय लाग्ने छ । यी विकल्पहरूका बारेमा सरकारले बिशेष परिस्थितिको घोषणा गरी निर्णय गर्नुपर्ने व्यवस्था छ ।

    यसैविच मेलाम्चीको ठेकेदारसँग वार्ताको वातावरण बनाउन मेलम्ची खानेपानी आयोजनाका कर्मचारी, खानेपानी मन्त्रीको स्वकीय सचिव र उपठेकेदार थाइल्याण्डको राजधानी बैंकक गएका छन। 

    मेलम्चीका उपकार्यकारी निर्देशक भोजविक्रम थापा, खानेपानी मन्त्री बिना मगरको स्वकीय सचिव विजय भट्टराई, मेलम्चीमा सामान आपूर्ति गर्ने दिनेश श्रेष्ठ र आयोजनाका कानुनी सल्लाहकार शुक्रबार बैंकक गएका हुन। यो टोलीसित सीएमसीको कुरो मिल्यो भने मन्त्री वा सचिवस्तरीय उच्च तहमा निर्णायक वार्ता हुने स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार