मंगलबार, भाद्र २ गते २०८३
images

राप्रपा महाधिवेशन रोचक बन्दै : लिङ्देन धवल प्यानलले कार्यकर्तामा उत्साह!


  • 1.3K
    SHARES
  • मंसिर ७, २०७८ मंगलबार

    नेकपा एमाले तथा नेपाली काङ्ग्रेसको महाधिवेशनको सर्बत्र चर्चा चलिरहेको बेला अर्को पुरानो पार्टी राप्रपा को महाधिवेशन भने छायामा परेको छ। तीन टुक्रामा बिभाजित भएको र एकीकरण पश्चात पहिलो महाधिवेशन गर्न लागेको राप्रपामा लोकप्रिय युवा नेताहरु राजेन्द्र लिङ्देन र धवल समसेर राणा ले मिलेर नेतृत्व मा दाबी गर्ने भएका छन। अबको राप्रपा युवाको हातमा नारा दिदै अध्यक्षमा  लिङ्देनलाई राणाले समर्थन गर्ने भएका हुन। राणा भने महासचिव को उम्मेदवार रहनेछन! यसअघि कमल थापाको सहयोगी रहेका लिङ्देन नयाँ प्यानल सहित अध्यक्ष को दाबेदार भएपछी कमल थापा समस्यामा परेका छन। राप्रपा मा लिङ्देन र थापाबाहेक पशुपती समसेर जबरा र प्रकाशचन्द्र लोहनि समेत अध्यक्ष को दाबेदार रहेका छन। लिङ्देन राणाको प्यानल भन्ने भएपछी देशभरका  कार्यकर्ताहरुमा भने उत्साह छाएको देखिन्छ। 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार