काठमाडौ , देशकै पुरानो अनि राजाबादी पार्टी राप्रपा नेपालको अध्यक्ष मा लोकप्रिय युवा नेता राजेन्द्र लिङ्देन बिजयी भएका छन। करिब २० बर्षदेखि राप्रपाको अध्यक्ष रहेका कमल थापालाई हराउदै लिङ्देन राप्रपा को बागडोर समाल्ने ठाउँमा पुगेका हुन। हिजो सप्पन्न निर्वाचनको मतपरिणाम अनुसार लिङ्देनले १८४४ मत प्राप्त गरे भने कमल थापाले १६१७ मत प्राप्त गरे। ४३४ मत भने बदर भएको थियो। प्यानलसहित निर्वाचनमा होमिएका दुबै पक्षमध्ये पदाधिकारिमा भने थापा पक्ष हाबी देखिएको छ। उपाध्यक्ष मा दुबै प्यानलमा परेका बिक्रम पाण्डे (२५२१ मत), थापा प्यानलका धुर्बबहादुर प्रधान (१८१४ मत) बुद्धिमान तामाङ (१९४४ मत) र रोशन कार्की (१६८९ मत) बिजयी भए भने महामन्त्रीमा लिङ्देन प्यानलका धवल समशेर राणा (२२२१ मत), साथै थापा प्यानलका भुवन पाठक (१८०५ मत) र कुन्तीदेबि शाही (२००८ मत) बिजयी भएका छन। भने १४९ सदस्यीय केन्द्रिय कमिटीमा मिश्रित नतिजा आएको छ। यसैबिच अध्यक्षमा पराजित थापाले आफ्नो पराजय स्विकार गरेका छन। एक ट्विट गर्दै उनले आफ्नो पराजयमा पुर्ब राजाको नाङगो हस्तक्षेप भएको भन्दै पुर्बराजालाई समेत बधाई दिएका छन।