मंगलबार, भाद्र २ गते २०८३
images

ओलीलाई मोदीको फोन : कालापानीसहित बाँकी विषय समाधान गर्ने सहमति

  • 3.5K
    SHARES
  • पौष १७, २०७६ बिहीबार

    भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने प्रस्ताव गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२० को अवसरमा शुभकामना दिन मोदीले बुधबार बिहान ओलीलाई टेलिफोन गरेका थिए ।

    दुई प्रधानमन्त्रीबीच दुई देशका समस्या समाधान गर्ने सहमति भएको प्रधानमन्त्री ओलीका कूटनीतिक मामिला सल्लाहकार डा। राजन भट्टराईले बताए । उनका अनुसार बिहान साढे १० बजे प्रधानमन्त्री ओली र मोदीबीच संवाद भएको हो । संवादमा कालापानी उल्लेख नगरी दुई देशका समस्या समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्ने सहमति भएको छ ।

    ‘सन् २०१९ मा नेपाल र भारतको सम्बन्ध सुमधुर रहेको र सन् २०२० मा दुई देशबीच बाँकी विषय समाधान गर्दै सम्बन्ध थप सुदृढ गर्न दुवै प्रधानमन्त्रीहरूबीच सहमति भएको छ। आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार