मंगलबार, भाद्र २ गते २०८३
images

नाकाबन्दी भन्‍न नसक्ने कांग्रेस 'केक राष्ट्रवादी' भयो : ओली

  • 3.1K
    SHARES
  • फाल्गुण १६, २०७६ शुक्रबार

    प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले आफु संसदलाई जवाफ दिन तयार रहेको बताएका छन्। बिहीबार बागमती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै संसदबाट आफु नभागेको र जुनसुकै प्रश्नको पनि जवाफ दिन तयार रहेको बताएका हुन्।

    कसले के-के खाए म त नेवारको ज्वाइँ एैला मात्र खान्छु भन्नु भएन। केकमा मैले हेरिन, कति केक आए आए। मैले छोइँदिए लगे। अण्डा, माच्छा ल्याए छोइदिएँ लगे। रक्सि पनि थियो। त्यो अण्डा रक्सि कति मुल्य पर्यो भनेर बनाउनेलाई सोध्नुपर्यो नि। उता (तेह्रथुम)मा उधुम, काठमाडौंमा रुवाबासी। केही नपाएपछि विरोध गर्ने गरिन्छ। नाकाबन्दी हुँदा आफु भोकै पर्दासमेत नबोल्ने अहिले कांग्रेसको केकको राष्ट्रवादी देखिएको छ। नाकाबन्दी शब्द उच्चारण गर्न नसक्नेहरु केक राष्ट्रवादीरु केकमा देख्ने राष्ट्रवाद कांग्रेसको बेकारको तमासा हो।

    ‘म एक-दुई दिन संसद गइन। बोल्न खोज्दा हुलहुज्जत गरेर बोल्न नदिएको देख्नु भइहाल्यो। संसदमा दुई तिहाइ ल्याएको संसदको नेता हुँ म, अनि भाग्ने कुरा हुन्छ?’ ओलीले भने ‘म संसदबाट भागेको भन्ने के शब्द बोलेको? म कुनै समय गएर के-के रहेछ उहाँहरुको कुरा सुनेर सबै जवाफ दिन्छु। हाम्रा साथीहरु यस्ता कुरामा अल्झिनु हुन्न।’आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार