आइतबार, श्रावण ३१ गते २०८३
images

ह्युमन ट्राफिकिंग : अमेरिकामा हुने मानव तस्करीमा भारतीय संलग्न

  • 3.2K
    SHARES
  • माघ २२, २०७५ मंगलबार

    एक भारतीयले अमेरिकामा आफुले आफ्नो फाइदाको लागि गैरकानुनी रुपमा मानव तस्करी गरेको स्वीकार गरेका छन् । उनले भारतबाट करिव ४०० जनालाई गैरकानुनी रुपमा प्रवेश गर्न सहयोग गरेको बताएका छन् ।

    यादविंदर सिंह भाम्बाले यो महिना प्यूर्टो रिको जिल्ला मजिस्ट्रेट न्यायाधीश सिविया कैरेनो कोलको सामु आफु मानव तस्करीमा संलग्न भएको स्वीकार गरेका छन् । उनलाई अप्रिलमा सजाय सुनाइने छ । उनले २०१३ मा डोमिनिक गणराज्य, हैटि, प्यूर्टो रिको, भारत तथा अन्य देशबाट हुने मानव तस्करीमा आफ्नो प्रमुख भूमिका रहेको बताएका थिए।

    न्याय विभागको अपराधिक डिभिजनको असिस्टेंट अटॉर्नी जनरल ब्रायन बेंच्कोवस्कीले बताए अनुसार भाम्बाले करिव ४०० जनालाई २०१३ देखि २०१५ सम्म गैरकानुनी रुपमा अमेरिका प्रवेश गराएको र उनले प्रति व्यक्ति ३० हजार देखि ८५ हजार सम्म अमेरिकी डलर लिएका थिए । उनलाई अगष्ट २०१७ मा डोमिनिक गणराज्यबाट गिरफ्तार गरिएको थियो भने पछी प्यूर्टो रिको पठाईएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार