आइतबार, श्रावण ३१ गते २०८३
images

रेडपाण्डाको छालासहित ३ जना पक्राउ

  • 2.8K
    SHARES
  • माघ ६, २०७६ सोमबार

    काठमाडौं । ललितपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा जाजरकोट बारेकोट नगरपालिका-५ का २० वर्षीय हेमराज बिक, वडानम्बर ४ का २० वर्षीय तिलक बस्नेत र जाजरकोटकै नलगाड नगरपालिका-५ का २३ वर्षीय राजेन्द्र चुनारा रहेका छन् ।

    उनीहरुलाई महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेकाहरुबाट रेडपाण्डाको एक थान छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार