आइतबार, श्रावण ३१ गते २०८३
images

साढे दुई वर्षमा झण्डै सात हजार प्रहरीको राजिनामा

  • 4.5K
    SHARES
  • माघ ७, २०७६ मंगलबार

    नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह ९डीआईजी०देखि तल्लो तह ९प्रहरी कार्यालय सहयोगी० सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।

    प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन् ।

    तथ्यांकअनुसार आर्थिक वर्ष २०७४र७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी), २ प्रहरी नायब उपरीक्षक (डीएसपी), ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् ।आर्थिक वर्ष २०७५-७६ मा ३ एसपी, ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार