शनिबार, श्रावण ३० गते २०८३
images

चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार : भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काम

  • 5.7K
    SHARES
  • फाल्गुण १, २०७६ बिहीबार

    राष्ट्र सेवा गर्न भनेर भर्ना भएका करिब चार हजार सुरक्षाकर्मी हाकिम र नेताहरूको घरमा घरेलु कामदार बनाइएका छन् । राज्यको सुविधा पाउने सुरक्षाकर्मीलाई हाकिम र नेताले आफ्नो सुरक्षा मात्र होइन, घरका भाँडा माझ्नेदेखि बारी खन्नेसम्मका काममा लगाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट करिब १५–१५ सय एक हजार भन्दा धेरै सैनिक हाकिमका घरमा कामदार बन्न बाध्य छ ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनामा करिब चार हजारको संख्यामा सुरक्षाकर्मी घरेलु कामदारको रूपमा खटिएका छन् । कतिपय सुरक्षाको नाममा त केहीलाई सहयोगीकै रूपमा यसरी दुरुपयोग हुँदै आएको छ । कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन सिपाही, हवल्दार तथा असइसम्मका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार