बिहीबार , कार्तिक २० गते २०८३
images

भष्ट्राचारमा लिप्त ओली सरकार : विपदमा पनि ब्रमलुट , प्रहरीलाई समेत छोडेन ?

  • 4.1K
    SHARES
  • चैत्र २७, २०७६ बिहीबार

    अहिले बिश्व कोरोना भाइरस (कोभिड-१९ ) को महामरिसंग जुदीरहेको छ । करिब १६  लाख नजिक मानिस संक्रमित हुँदा करिब ९०  हजार बढीले ज्यान गुमाइसकेका छन् भने अझ कत्तिले गुमाउने छन् । १२ लाख मानिस उपचाररत छन् भने ३  लाख ५० हजार उपचारपछी निको भएका छन् । अहिलेको अबस्थमा करिव ५० हजार मानिस सिरियस अबस्थमा छन् र १० लाख ५० हजार मानिस मध्यम अबस्थमा छन् । यो बिपत्तको घडीमा पुरा बिश्व नै पिडित छन् भने करिव ३ अर्व मानिसहरु होम क्वारेन्टाइनमा छन् । विश्वका अधिकांस देशहरुमा लक डाउन गरिएको छ भने कतिपय शहरमा यसको प्रभाव ज्यादा छ । यतिबेला सिंगो बिश्व आक्रान्त छ भने यसको प्रत्येक्ष असर नेपालमा समेत छ ।

    तर कोरोना भाइरसको प्रभाव भने अहिलेसम्म खासै देखिएको छैन र साबधानी अपनाउनु एकदम राम्रो कुरा पनि हो । अहिले सरकारले आफ्नो जीवनलाई समेत दाउमा राखेर कर्यब्य पालना गरिरहेको प्रहरीको भने तलब कट्टा गरि  गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । तलब  प्रहरी महानिरीक्षकसहित   प्रहरी सहायक निरीक्षकसम्मको कतिनेछ । तर अचम्म त के छ भने प्रहरीको तलब काट्ने ओली सरकारले कर्मचारी , सांसद,मन्त्रि ,प्रधानमन्त्री,राष्ट्रपति,उप-राष्ट्रपति तथा अन्य सरकारी निकायमा कार्यरत कर्मचारीको भने तलव काट्ने छैन । संसदीय विकास कोषबाट केन्द्र सांसदले पाउने ६ करोड तथा प्रदेस सांसदले पाउने ३ करोड भने काटिने छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार गरेको सम्बोधनमा माथि उल्लेख गरिएको जस्तै सम्बोधन हुने आशा आम नागरिकको थियो तर दुर्भाग्य त्यसो भएन बरु प्रहरीले आफ्नो श्रम मात्र गुमाए ।

    छिमेकी मुलुक  भारतमा यतिबेला कोरोना भाइरससंग जुझ्न सर्वसाधारण,साना व्यापारीदेखि ठुला ब्यापारी ,कलाकार देखि खेलाडीसम्म तथा बिभिन्न पेशामा आबद्द हुनेहरुले ठुलो धनराशी सहयोग गरिरहँदा यता नेपालमा भने सरकारको गतिविधिको कारण सहयोग गर्न कसैले चासो देखाएको देखिंदैन । अझ भन्नुपर्दा ओली सरकार गठन भए देखि नै यो सरकारमाथि बिश्वासको संकट छ । यो सरकारमाथि प्रतिपक्षको मात्र होइन स्वयम् आफ्नै पार्टीको समेत बिस्वास गुमिसकेको छ । हालै  भारती प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गरिएको छ ।  विश्वभर फैलिएको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको छ भने उनीहरुको त्यो कटौटी गरिएको रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्चिने छ । भारतले सांसद तलब कटौती गर्ने प्रस्ताव पनि पारित गरेको छ र  यो निर्णय अप्रिल १ देखि लागू हुनेछ । उक्त प्रस्ताव पारित भएसँगै सांसदको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुनेछ ।

    राष्ट्रपति, उपराष्ट्रपति र सबै राज्यका गभर्नरले पनि आफ्नो इच्छाले तलबको ३० प्रतिशत रकम कटौती गर्ने निर्णय गरेका छन् । सांसदलाई क्षेत्रीय विकासको लागि दिइँदै आएको कोष एमपीलेड फण्ड पनि दुई वर्षसम्मका लागि निलम्बित गरिएको छ । यो कोषको प्रयोग पनि कोरोना भाइरसविरुद्धको लडाइँमा प्रयोग हुनेछ । यता नेपालमा भने ओली सरकारको कमाउ धन्दा मौलाउदो छ भने जनता दिनप्रतिदिन पिडा माथि पिडा भोग्दैछन । नेकपाको बहुमत देशको लागि मात्र होइन अहिले स्वयम् नेकपालाई नै अभिशाप बनेको छ ।  देशमा नौ-नौ महिनामा सरकार परिवर्तनको पिडा भोगेका जनता देशमा सु-शासन,आर्थिक वृद्धि,भष्ट्राचारको अन्त्य र विकास चाहान्थे । त्यहि कारण नेकपालाई बहुमत दिएर पठाए ।  तर जनताले जुन सपना देखेर नेकपालाई झन्डै दुई तिहाइ मत दिलाए तर  यो सरकार अहिलेसम्म ठिक बिपरित काम गर्दै आइरहेको छ । सरकारमा माफिया र भष्ट्रहरुको बोलबोला चलिरहेको छ । जता हेरेपनि भष्ट्राचारको गन्ध बाहेक केहि आउदैन । आफुले आफैलाई राष्ट्रबादी भन्न रुचाउने  प्रधानमन्त्री ओलीको सम्बोधनमा भ्रष्टाचारी र माफियाको बचाऊ भयो तर  जनताको पिडा परेन ।

    अहिले प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन विभागले सबै कार्यालयलाई परिपत्र गर्दै प्रहरी सहायक निरीक्षकदेखि महानिरीक्षकसम्मको तलब कट्टा गर्न निर्देशन दिएको छ । भारतमा जस्तै नेपालमा पनि कोरोनाविरुद्ध लड्नका लागि राष्ट्रपति, प्रधानमन्त्री र सांसदहरुको ३० प्रतिशत तलब कटौती गर्न सरकारले सक्थ्यो तर उसले त्यसो गरेन बरु  साना कर्मचारी र सुरक्षाकर्मीको तलब काट्यो । उच्च राजनीतिक आहोदामा बसेकाहरुको एक वर्षको तलब ३० प्रतिशत मात्र काट्ने हो भने पनि  महामारीविरुद्ध लड्न आर्थिक श्रोत यथाह हुने थियो । सिण्डिकेट काण्ड,फोर जी काण्ड ,कम्प्युटर खरिद काण्ड,ओम्नी काण्ड ,वाइडबडी काण्ड , एति काण्ड होस् या सार्क खेलकुदको घोटाला काण्ड होस् यो सरकारको यस्ता त कति काण्ड छन् जुन सम्झन समेत सकिदैन । यति मात्रले उनीहरुलाई पुगेन बिश्व नै अहिले कोरोनाले रोइरहेको बेला यहाँ भने दशैँ नै आएको छ । विपदको यस घडीमा समेत उनीहरुले लुट्न छाडेनन ।

    दुई आँखाले भष्ट्राचारी देख्न नसक्ने ओलीले चार आँखाले भष्ट्राचारको बिरोध गर्नेलाई देख्न सकेनन्, सायद यहि कारण हुन् सक्छ यहाँ कसैले सरकारलाई सहयोग नगर्नुको कारण । आफुले गरेको सहयोग जनतामाझ पुग्ने बिश्वास नहुदा र यदि पुगेको खण्डमा पनि कति मात्रा पुग्ने  हो जानकारी समेत नपाउने हुँदा यहाँ चाहेर पनि कोहि सहयोग गर्न नसकेको समेत हुन् सक्छ । अघिपछि १ बोरा चामल होस् या १ किलो चिउरा र दाल दिएको होस् त्यो प्रचार गर्न दिएको सामग्री भन्दा दशौ गुणा महँगो खर्चेर सामाजिक संजालमा भाइरल हुने होस् या चुनाबको मुखमा करोड खर्चेर मदिरा पार्टी गर्ने होस् ति सबै अहिले गुमनाम छन् । जनताको नाम भजाएर कमाउन पल्केका एनजीओ होस् या देशको सूचना लिन बिभिन्न माध्यमबाट आएको आइएनजिओ होस् ति सबै अहिले तिब्र खोजीमा छन् । पैसाको लागि जे पनि गर्न तयार निजी  अस्पतालको परिक्षा पनि अहिले यो दुखद घडीमा आम नेपालीले लिने मौका पाएका छन् । प्रधानमन्त्रीको सम्बोधनमा भारतमा जे गरियो त्यसरी नै नेपालमा हुन्छ  भन्ने आम नेपालीमा ठुलो  आशा थियो तर  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधनमा आवश्यकता भन्दा बाहिर गई सम्बोधन गरे ।

    उनको सम्बोधन आफ्नो रिस पोख्ने माध्यम मात्र थियो ।  पुर्व माओबादी तथा प्रचण्ड र मिडियामाथि उनको आक्रोस मात्र पोखियो । भष्ट्राचारको छानबिन गरि कारवाही गर्नु त परको कुरा मिडियाले सार्वजनिक गरेकोमा उनले रोष प्रकट गरे । उनले देखाउनको लागि मात्र जनताको चिन्ता गरेको नाटक रचाए । सामान्य प्रेस मिटमा सरकारको प्रबक्ताले गर्ने काम उनले गरे।  मगंलबार राष्ट्रका नाममा संबोधन गर्ने क्रममा प्रधानमन्त्री ओली राजनीतिभन्दा माथि उठ्ने बिश्वास थियो तर उनि आफूमाथि प्रश्न उठाएको भन्दै दुश्मनी साच्न तिर लागे । कोरोनाविरुद्ध लड्न सबैले राजनीतिभन्दा माथि उठ्नुपर्ने अवस्था आउदा समेत  नेकपाका सांसदहरु त परको कुरा स्वयम्  प्रधानमन्त्री ओली समेत राजनीतिभन्दा माथि उठ्न सकेनन्। हुन् त काम गराइको प्रबृत्ति हेर्दा प्रधानमन्त्री ओलीबाटै  भ्रष्टाचारको संरक्षण भइरहेको देखिन्छ ।

    अब नेपाली जनताले ओली प्रवृत्ति राम्ररी बुज्ने मौका पाएका छन् र ओलीप्रतिको भ्रम तोड्ने मौका समेत यो विपदको घडीमा पाएका छन् । सम्बोधनमा ओलीले कोरोना भाइरस कता कता पुगेको छ भन्नेबारे पहिचान गर्न नयाँ विधि अपनाउन लागेको र आगामी दुई साता हाम्रा लागि निकै चुनौतिपूर्ण रहेकोले  नयाँ संक्रमण देखिने सम्भावना रहेको  र  नयाँ विधिबाट यसको खोजी सुरु भएको बताएका थिए । पटक-पटक भष्ट्राचारको काण्डमा सरकार मुछिंदा ओलीले कारवाही गर्छन् कि भन्ने बिश्वास थियो तर उनले एक जनालाई कारवाही त परको कुरा सोधपुछ समेत गरेनन् र उल्टै संरक्षण गरिरहे । भ्रष्टाचाररिको  संरक्षक प्रधानमन्त्री नै हुन् भने अबस्थामा सम्पूर्ण  नेपाली जनता पुगिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार