आइतबार, श्रावण ३१ गते २०८३
images

५ हजार घुससहित प्रहरी जवान पक्राउ

  • 2.7K
    SHARES
  • माघ ८, २०७६ बुधबार

    सिराहा । सिराहाबाट एक जना प्रहरी जवान बुधबार बिहान घुससहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव ५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

    यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

    प्रहरी जवान यादवले भारतीय बजारबाट भन्सार छलेर सामान ल्याउन सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

    यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार