आइतबार, श्रावण ३१ गते २०८३
images

सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुख घुससहित पक्राउ

  • 2.4K
    SHARES
  • माघ ८, २०७६ बुधबार

    बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालय प्रमुखलाई घुससहित पक्राउ गरेको छ ।
    सेवाग्राहीसँग काठ उपलब्ध गराउन सिफारिसका लागि ५ हजार घुस लिएको अवस्थामा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यलयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन।

    उनलाई बुटवल उपमहानगरपालिका-१२ नयाँगाउँ चोकबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

    प्रमुख श्रेष्ठलाई बुटवल उपमहानगरपालिको नयाँ गाउँबाट नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार