आइतबार, श्रावण ३१ गते २०८३
images

साढे दुई किलो सुनसहित ६ जना पक्राउ

  • 2.2K
    SHARES
  • माघ १३, २०७६ सोमबार

    काठमाडौं । रसुवाको टिमुरेबाट साढे दुई किलो सुनसहित ६ जना पक्राउ परेका छन् । रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा करिब एक करोड ६० लाख बराबरको सुन बरामद भएको हो ।

    रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद भएको पुष्टि गरेका छन ।

    इलाका प्रहरी कार्यालय, टिमुरेका प्रहरी निरीक्षक कमल नेपालका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ छन् ।

    ‘दुई वटा ढिक्का शरीरमा र तीन वटा गाडीको चालकले टेक्ने म्याटमुनि लुकाएको अवस्थामा बरामद भएको छ’, नेपालले भने, ‘बरामद सुन र पक्राउ परेका व्यक्तिलाई आन्तरिक राजश्व कार्यालय, ललितपुर पठाउने तयारी भइरहेको छ ।’

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार