अहिले विश्वमा बहसको बिषय बनेको छ अबको युद्ध कस्तो हुन्छ ? ७५ बर्ष अघि अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार गरेको घटनाले अहिले पनि संसार त्रशित हुने गर्दछ । अबको परमाणु बम त्यो भन्दा कयौ गुणा शक्तिशाली होला त्यो कल्पना नै गर्न सकिदैन । जब अमेरिकाले हिरोसिमामा परमाणु बम प्रहार गर्यो करिव ३३०००० जनसंख्या भएको हिरोसिमा छिनभरमा नै तहसनहस भयो । करिव २०००० सेना र ७००००- १२६००० सर्वसाधारण मारिए ।
त्यस्तै दोश्रो हमला कोकड़ामा बाक्लो बादलका कारण आक्रमण गर्न नसकेपछि नागासाकीमा आक्रमण गरिएको थियो जुन बम ५०० मिटर माथि नै समय सेटका कारण पड्किएको थियो । जसमा २५०००० जनसंख्या भएको नागासाकीमा करिव १५० सेना र ३९०००- ८०००० सर्वसाधारण मारिए । दुवै घटनामा परि करिव १२९०००-२२६००० हाराहारीमा मानिस मारिए ।
यो त भयो धेरै बर्ष पहिले भएको युद्ध ? अबको संसार ऊ बेलाको जस्तो रहेन,अहिले बिकासको क्रमसंगै प्रबिधि,आर्थिक,सामाजिक र सामरिक शक्ति समेत धेरै बलियो भएका छन् । अब तेस्रो विश्व युद्ध भयो भने के हुन्छ ? के अबको युद्धमा पनि परमाणु बमको प्रयोग हुन्छ ? हो प्रत्येकको मनमा यहि प्रश्न उठ्दछ ।
परमाणु बम प्रयोग भए करिव एक तिहाई ( करिव ३ अर्व ) मानिस मर्ने छन् भने कयौ संरचना ध्वस्त हुनेछन । अहिले बिश्व युद्ध भएमा संसारमा कयौ अत्याधुनिक हातहतियार र आणविक हतियार प्रयोग हुनेछन । जसरी पहिले युद्धमा गएका राष्ट्रले आफ्नो सबै ताकत लगाएका थिए, अहिले पनि त्यहि नै गर्ने निश्चित नै छ । तर अल्बर्ट आइनस्टाइनले भने जस्तै तेस्रो विश्वयुद्धमा त भन्न सकिन्न चौथो विश्वयुद्धपछी भने अवश्य ढुंगे युग आउँनेछ ।
अब के तेस्रो विश्वयुद्ध भयो भने शक्ति देशहरु एक अर्काका पक्ष विपक्षमा आमने-सामने हुनेमा कुनै शंका छैन् ।आणविक हतियारका यी सपुर पावरहरु बीच युद्ध भयो भने आणविक हतियार प्रयोग नहोला भन्न सकिन्न । तर यदि युद्धमा आणविक हतियार प्रयोग भयो भने के होला ? हतियार र सशस्त्र बलको आँकडा हेर्दा अमेरिका पहिलो, रुस दोस्रो, चीन तेस्रो र भारत चौथो स्थानमा रहेका छन् ।
चीन अमेरिका र रुसभन्दा पछि भएपनि ऊ जुनसुकै बेला दोस्रो स्थानमा र पहिलो स्थानमा आउन सक्छ । सैन्यशक्तिका आधारमा १३७ देशको सूची रहेको छ । सैन्य हतियारमा पारम्परिक उपकरणहरूलाई मात्र संलग्न गरिएको छ तर यसमा आणविक हतियार संलग्न गरिएको छैन ।
आणविक हतियार (परमाणु बम) सहित को कति शक्तिशाली
१.रुस
आणविक हतियार– ६९१२
प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)
पावर इन्डेक्स – ०.०६३९
जनसंख्या- १४२१२२७७६
सेना – ३५८६१२८ अनुमान
जम्मा एयरक्राफ्ट – ४०७८ ( २ नम्बर १३७ मा )
फाइटर बिमान – ८६९ ( ३ न. )
कम्बाट टेंक – २१९३२ ( १ न. )
रक्षा बजेट - $ ४४ बिलियन

२. अमेरिका
आणविक हतियार– ६१७२
प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)
पावर इन्डेक्स – ०.०६१५ ( नेटो सदस्य )
जनसंख्या- ३२९२५६४६५
सेना – २१४१९०० अनुमान
जम्मा एयरक्राफ्ट – १३३९८ ( १ नम्बर १३७ मा )
फाइटर बिमान – २३६२ ( १ न. )
कम्बाट टेंक – ६२८७ ( ३ न. )
रक्षा बजेट - $ ७१६ बिलियन
३. फ्रान्स
आणविक हतियार– ३००
प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)
पावर इन्डेक्स – ०.१५८४ ( नेटो सदस्य )
जनसंख्या- ६७३६४३५७
सेना – ३८८६३५ अनुमान
जम्मा एयरक्राफ्ट – १२४८ ( ८ नम्बर १३७ मा )
फाइटर बिमान – २७३ ( १० न. )
कम्बाट टेंक – ४०६ ( ४४ न. )
रक्षा बजेट - $ ४०.५ बिलियन

४. चीन
आणविक हतियार– २८५
प्रयोग बिधि - पहिला प्रयोग नगर्ने ( no first used policy)
पावर इन्डेक्स – ०.०६७३
जनसंख्या- १३८४६८८९८६
सेना – २६९३००० अनुमान
जम्मा एयरक्राफ्ट – ३१६७ ( ३ नम्बर १३७ मा )
फाइटर बिमान – १२२२ ( २ न. )
कम्बाट टेंक – १३०५० ( २ न. )
रक्षा बजेट - $ २२४ बिलियन

५. बेलायत
आणविक हतियार– २१५
प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)
पावर इन्डेक्स – ०.१७९७ ( नेटो सदस्य )
जनसंख्या- ६५१०५२४६
सेना – २३३००० अनुमान
जम्मा एयरक्राफ्ट – ८११ ( १९ नम्बर १३७ मा )
फाइटर बिमान – १२९ ( १९ न. )
कम्बाट टेंक – ३३१ ( ४९ न. )
रक्षा बजेट - $ ४७.५ बिलियन

६. पाकिस्तान
आणविक हतियार– १६०
प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)
पावर इन्डेक्स – ०.२७९८
जनसंख्या- २०७८६२५१८
सेना – १२०४००० अनुमान
जम्मा एयरक्राफ्ट – १३४२ ( ७ नम्बर १३७ मा )
फाइटर बिमान – ३४८ ( ७ न. )
कम्बाट टेंक – २२०० ( १३ न. )
रक्षा बजेट - $ ७ बिलियन

७. भारत
आणविक हतियार– १४०
प्रयोग बिधि - पहिला प्रयोग नगर्ने ( no first used policy)
पावर इन्डेक्स – ०.१०६५
जनसंख्या- १२९६८३४०४२
सेना – ३४६२५०० अनुमान
जम्मा एयरक्राफ्ट – २०८२ ( ४ नम्बर १३७ मा )
फाइटर बिमान – ५२० ( ४ न. )
कम्बाट टेंक – ४१८४ ( ६ न. )
रक्षा बजेट - $ ५५.२ बिलियन

८. इजरायल
आणविक हतियार– ८५
प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)
पावर इन्डेक्स – ०.२९६४
जनसंख्या- ८४२४९०४
सेना – ६१५००० अनुमान
जम्मा एयरक्राफ्ट – ५९३ ( १८ नम्बर १३७ मा )
फाइटर बिमान – २५३ ( ११ न. )
कम्बाट टेंक – २७६० ( ८ न. )
रक्षा बजेट - $ १९.६ बिलियन

९. उत्तर कोरिया
आणविक हतियार– ३०
प्रयोग बिधि - मात्र बचाऊ ( only defensively policy)
पावर इन्डेक्स – ०.३२७४
जनसंख्या- २५३८१०८५
सेना – ११०००० अनुमान
जम्मा एयरक्राफ्ट – ९४९ ( ११ नम्बर १३७ मा )
फाइटर बिमान – ४५८ ( ५ न. )
कम्बाट टेंक – ६०७५ ( ४ न. )
रक्षा बजेट - $ ७.५ बिलियन

१०. इरान
आणविक हतियार– हालसम्म सार्वजनिक गरेको छैन (परिक्षण मात्र )
प्रयोग बिधि – सार्वजनिक गरिएको छैन
पावर इन्डेक्स – ०.२६०६
जनसंख्या- ८३०२४७४५
सेना – ८७३००० अनुमान
जम्मा एयरक्राफ्ट – ५०९ ( २४ नम्बर १३७ मा )
फाइटर बिमान – १४२ ( १७ न. )
कम्बाट टेंक – १६३४ ( १८ न. )
रक्षा बजेट - $ ६.३ बिलियन
