आज राती सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ । सो बाढीका कारण एक दर्जनभन्दा धेरै बगाउँदा बेपत्ता भएका छन्। बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएका छन् भने केही मान्छे बेपत्ता समेत भएका छन्। स्थानीय अनुसार बाह्रबिसको गाती बजार बगाएको बताए। गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ। बाढीले हराइरहेकाहरुको खोजी कार्य भइरहेको उनले बताए।
अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बाढीले घरहरु बगाएको र केही व्यक्ति बेपत्ता भएको पुष्टि गरेका छन् । उनले भने -अहिले बाढीले ‘मेरो इलाका प्रहरी कार्यालयको अघिको पुल र अरनिको राजमार्ग समेत बगाएको छ। घर बगाएको ठाउँ मबाट चार किलोमिटर मात्रै रहेपनि सडक नभएकाले दुई घन्टा लाग्ला म त्यतै जाँदैछु प्रहरी निरीक्षक न्यौपानेले बताए। बाढीले डेढ दर्जन घरहरु र १५ जनाभन्दा धेरै बगाएको आशंका गरिएको छ।