काठमाडौं । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरेको आत्याधुनिक एम्बुलेन्सलाई चित्तल तस्करको आरोप लागेको छ ।
ईलाका प्रहरी कार्यालय गोकुलेश्वले एम्बुलेन्समा चित्तल तस्कर भएको विशेष सुचनाका आधारमा चेकजाँच गर्दा मृत चित्तल भेटिएको हो ।
बैतडीको डिलाशैनी गाउँपालिकाले चलाउदै आएको सुदूरपश्चिम प्रदेशको ०१—००१ झ ३४६ नम्बरको एम्बुलेसलाई चित्तल तस्करीमा सलग्न रहेकाले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको हो ।
कञ्चनपुरबाट डिलाशैनी गाउँपालिका फर्किने क्रममा एम्बुलेन्सलाई चेकजाचको क्रममा मृत चित्तल भेटिएपछि नियन्त्रमा लिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिएका छन।
एम्बुलेन्स चालक महेश बोहरालाई पक्राउ गरिएको र घटना बारे थप आनुसन्धान भईरहेको प्रहरी निरीक्षक साउदले बताएका छन ।