आइतबार, श्रावण ३१ गते २०८३
images

नक्कली नोटसहित तीनजना पक्राउ

  • 4.0K
    SHARES
  • माघ २५, २०७५ शुक्रबार

    भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । 

    प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिएका छन । 

    पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताएका छन । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली मेलामा किनमेल गर्ने क्रममा नक्कली नोट फेला परेको हो । नक्कली नोट देखाएर ठगी गर्ने सम्भावना रहेकाले प्रहरीले सबैलाई सजग रहनसमेत आग्रह गरेको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार