शनिबार, श्रावण ३० गते २०८३
images

१ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ

  • 2.9K
    SHARES
  • बैशाख २३, २०७७ मंगलबार

    विराटनगर । विराटनगरमा १ करोड ९ लाख ६९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

    विराटनगरको एकीकृत भन्सार जाँच चौकीमा भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलले उक्त रकम बरामद गरेको हो । रकमसँगै ट्रकका चालक र सहचालक पक्राउ परेका सशस्त्र प्रहरी बलका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिएका छन ।


    रित्तो ट्रकको पछाडि बोरामा बेरेर कार्टुनमा हाली रकम ल्याएको सशस्त्र प्रहरीले जनाएको छ । रकम कसले के प्रयोजनका लागि ल्याएको हो भन्ने खुलेको छैन ।

    घटनाबारे थप विवरण आउन बाँकी छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार