शनिबार, श्रावण ३० गते २०८३
images

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

  • 2.5K
    SHARES
  • जेठ ४, २०७७ आइतबार

    काठमाडौं । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवी स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की छन् ।
    काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । कार्कीविरूद्ध अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढ्ने उनले बताएका छन ।

    कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो उनीलगायतले वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेका थिए ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार