बुधबार, कार्तिक १९ गते २०८३
images

सार्वजनिक खपतका लागि प्रहरीको चरम दुरुपयोग, नराम्ररी फसे निर्दोष ?

  • 13.9K
    SHARES
  • जेठ ७, २०७७ बुधबार

    देश यतिबेला लकडाउनमा छ । पुरै बिश्व कोरोनाबाट आक्रान्त हुँदा नेपाल पनि त्यो पिडा भोगीरहेको छ । बिगत ५५ दिन देखि निरन्तर चलिरहेको लकडाउनले आम मानिसमा पिडा त छदैछ तर समय कटाउन पनि निकै कठिन भैरहेको छ । लामो समय घरबाट बाहिर निस्कन नपाउँदा धेरैलाई अल्छीपना बनाएको छ भने समय कटाउन विभिन्न तरिकाहरु अपनाउने गरिरहेका छन् । यो समयमा कत्तिले नयाँ कुरा सिकेका छन् त कतिले खुसि साट्ने मौका पाएका छन् भने कतिले आफ्नै परिवारभित्र सामान्य पोट, तास ,क्यारिम बोर्ड , चेस, बल तथा लुडो खेलेर बिताइरहेका छन् ।

    तर यो खेल भने  एक जना मानिसको लागि  भारी परेको छ । सामान्य रुपमा परिवारभित्र बसेर हातमा तास लिएर सिक्न खोज्दा उनलाई महँगो परेको छ । उनले त्यो सामान्य कुराको  घटनाले नैतिक रुपमा  ठुलो मुल्य चुकाउनु  परेको छ । यो घटना काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० को हो । जहाँ आकस्मिक प्रहरी पुग्छ भने उनको साथमा स्थानीय प्रतिनिधिसंगै कथित मिडिया बताउनेहरु पनि पुग्छन । अनि ति व्यक्ति नराम्ररी फस्न पुग्छन । प्रहरी आफुहरुलाई गलत सूचना दिएपछि खाली हात फर्कन्छ ।

    कसरी भयो घटना

    आजभन्दा करीव एक हप्ता अगाडिको कुरा हो । एक व्यक्ति आफ्नो घर जाने क्रममा छिमेकीसंग भेट हुन्छ । उनि छिमेकीको आग्रहमा उनको घरमा जान्छन । घर धनीले उनलाई चिया खाएर मात्र जान अनुरोध गर्दछन र उनि दुध लिन पसल जान्छन । घरमा ढोका खुल्ला हुन्छ र घर भित्र तिन जना मात्र हुन्छन । घर धनीका श्रीमती सानो छोरा र ति पिडित बनेका छिमेकी । ति पिडित  छिमेकीले आफ्नो अगाडी पुरानो तास देख्छन र कहिले आफुले तास नखेलेकाले के –कस्तो हुँदोरहेछ भन्दै हेर्नको लागि हातमा लिएका मात्र के हुन्छन अचानक प्रहरीको इन्ट्री हुन्छ र प्रहरीसंग केहि मानिस पनि त्याहा पुग्छन ।

    प्रहरीले उनलाई निक्कै तुच्छ व्यवहार गर्दछ भने दुर्व्यवहार गर्दै गालि गर्दछ र लाठि हान्न खोज्छ । त्यहाँ कसैले भिडियो बनाउदछ भने बाहिर केहि व्यक्ति तमासा हेर्दछन । प्रहरीले त्यहाँ न त तास खेलिरहेको कसैलाई भेट्टाउछ, न त पैसा नै फेला पर्दछ । तर प्रहरीलाई  नराम्ररी प्रयोग मात्र गरिन्छ भने त्यसको मौका सार्वजनिक खपतका लागि अर्को कसैले प्रयोग गर्ने मौका पाउँदछ । त्यो भिडियो कसैले आफ्नो फाइदाको लागि दुरुपयोग गर्दछ तर प्रहरी हातमा लाग्यो सुन्य भने झैँ रितो हात फर्कन्छ । प्रहरीले आफुहरुलाई ठुलो जुवा चलिरहेको सुचना आएकाले आएको बताउँछ ।

    घटनाबारे के भन्छ प्रहरी

    अर्थ डेली ले यो घटनाबारे जानकारी लिंदा उक्त मिसनमा गएका बालाजु प्रहरीको मनमैजु वृत प्रमुख प्रहरी सहायक निरीक्षक बिष्णु पाण्डेले घटना कसरी भयो भन्नेबारे स-विस्तार बताए । उनका अनुसार त्यो घरमा पहिले पनि जुवा खेलेको रिपोर्ट प्रहरीमा आएको थियो भने प्रहरीले कहिले पनि न त जुवाडे भेट्यो ,न त  कसैलाई पनि रंगेहात पक्राउ गर्न सक्यो । त्यो दिन पनि १० न.वडामा जुवा खेलेको रिपोर्ट पुग्यो भने वडा अध्यक्षले प्रहरी बोलाए । प्रहरी घटनास्थल पुग्यो भने साथमा जनप्रतिनिधि र कथित मिडिया पनि पुग्दछ । उक्त मिडिया वडा अध्यक्षले नै बोलाएको उनको भनाई थियो ।

    घटनास्थलमा पुग्दा जुवा खेलिरहेको सूचना भएको घरको ढोका खुल्ला थियो र मात्र परिवारसंग अर्का एक छिमेकी मात्र भेटेपछि सामान्य सोधपुछ गरेपछि  प्रहरी फर्कन्छ । त्यो भिडियो कसरी र किन सार्वजनिक भयो त्यो बारे आफुले पनि पछी मात्र जानकारी पाएको पाण्डे बताउछन । उनि भन्छन त्यो त अति भो , मिडिया जानु राम्रो भए पनि त्यसरी अर्काको चरित्र हत्या गर्ने काम राम्रो होइन र त्यस्तो कार्य कसैले पनि गर्नु हुँदैन । हुँदै नभएको घटनालाई अतिरन्जित गर्नु ठिक होइन र यस्तो होला भन्ने आफुले सोच्दासम्म नसोचेको उनि बताउँछन ।

    विश्वसनीयता माथि नै गम्भीर प्रश्न

    अहिले केहि कथित मिडिया बताउनेहरुको हर्कतका कारण आम पाठकमा मिडियाको विश्वसनीयता माथि नै बिश्वासको संकट पैदा भएको छ । अझ सस्तो लोकप्रियताको लागि सामाजिक संजालमा देखिने दृश्यले कत्तिलाई भ्रममा पार्ने गर्दछ भने सहि र गलत  के हो र कुन हो भन्ने छुट्याउन पनि निक्कै मुश्किल पर्दछ । यस्तै दृश्यको शिकार बन्न पुग्दछन तारकेश्वर १० न.मा ति पिडित छिमेकी । कथित मिडिया बताउनेले भिडियो खिचेका हुन्छन र  त्यो भिडियो उनको लागि मसला बन्दछ भने  केहि समयमा नै सार्वजनिक खपत हुन्छ ।

     

    आफ्नो भिडियो गलत अर्थमा गलत तरिकाले आएपछि ति पिडित झस्कंछन र तुरुन्तै सोधखोज गर्दछन । तर भिडियो अधिक रुचाइन्छ भने सामाजिक संजालमा भाइरल हुन् पुग्दछ । एक कान दुई कान मैदान हुन्छ र उनलाई बास्तबिकता के हो भनेर बारम्बार फोन आइरहेको हुन्छ । उनि त्यो बिषयमा स्पष्टीकरण दिंदा दिंदा हैरान हुन्छन भने नखाएको बिष लाग्दा  निरास बन्न पुग्छन । सबको जवाफ दिन उनलाई अति महँगो पर्दछ भने चिया खान बस्दा उनले आफ्नो नैतिकताको ठुलो मुल्य चुकाउनु पर्दछ । उनि कसैको फाइदाको लागि बलिको बोका झैँ शिकार बन्न पुग्दछन ।

    टोले बाहुबली, निरिह्य प्रहरी

    यो माथिको घटना त केवल एक प्रतिनिधिमुलक मात्र हो । उनि केवल एक प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा यस्ता कयौ घटना यस्तै भएका छन् जुन कति गुमनाम छन् भने कति सार्वजनिक भएका पनि छन् । आजकल  टोले बाहुबली हुँदा देशको कानुन र प्रहरी पनि निरिह्य बन्न पुगेको छ । कतिपय घटनामा उनीहरु राज्यमाथि नै धावा बोल्दा प्रहरी टुलुटुलु हेरेर बस्न बाध्य छ । पहुँचवाला टोले बाहुबलीसंग जोरी खोजे सरुवा हुने या बढुवा नै रोकिने होकी भन्ने डरले एकातिर प्रहरी निरिह्य बन्न पुगेको छ भने टोले बाहुबलीहरुमा झन्  आत्मबल बढ्दो छ । प्रहरी र देशको कानुन उनीहरुको लागि केवल देखाउने साधन मात्र बन्दा आम मानिसमा भने न्याय पाउने आशा र बिश्वास दिनानुदिन मर्दै गएको छ । देशमा दण्डहिनता बढ्दो छ भने नागरिकमा हीनताबोध बढ्दो छ ।

    आफैले खनेको खाल्डोमा आफै जाकिए के हुन्छ

    करिव २०-२५ बर्ष अघिको कुरा हो हाम्रो छिमेकी भारतमा एउटा मिडियाले स्थापनाको  छोटो समयमै चर्चाको शिखर चुम्न सफल हुन्छ । उसको चर्चाको कारण बन्छ अपराधको घटनाको प्रत्येक्ष प्रसारण ( लाइभ बोडकाष्ट ) गर्नु । कहिले बैंक लुटिएको लाइभ देखाउंछ ,कहिले सुन पसल लुटिएको देखाउछ त कहिले मानिस लुटिएको देखाउछ । अपराध भएको लाइभ नदिने यस्तो ठाउँ थिएन जह्ना उ नपुगेको होस् । सबै दंग थिए भने उसको प्रसंसा र तारिफ नगर्ने सायद कोहो थिएन । यो बिषयले आम मानिसमा मात्र होइन सबै मिडिया क्षेत्रमा समेत तरंग पैदा गर्यो । उ पुग्दा हामि किन पुग्न सकेनौ अनि कहाँ चुक्यौ भन्ने प्रश्न मिडिया क्षेत्रमा आउन थाल्यो । यो बिषयले प्रहरीको पनि टाउको दुखेको थियो ।

    चारैतिर मिडिया पुग्दा प्रहरी किन पुगेन, कारण के हो लगायत अनेकौ प्रश्नको जवाफको खोजीमा प्रहरी थियो । उसले निकै अनुशन्धान त गर्यो तर सुइँको केहि पाउन सकेन तर पनि मिडिया अग्रपंतिमा अघि बढ्दै गयो । प्रहरीको अनुशन्धानको सुइ तब फेरियो जव उ निन्द्राबाट ब्युँझियो । कारण थियो हरेक घटनाको लाइभ दिन त्यो पनि एउटै मिडियामा कसरी सम्भव हुन्छ । उसको अनुशन्धान अब सुष्म रुपमा  मिडिया माथि नै  हुन् थाल्यो तब पत्ता लाग्यो कि त्यो सब अपराध त त्यहि मिडियाको योजनामा पो हुँदोरहेछ । अनि मिडिया मालिक पक्राउ परे भने उनले चर्चामा आउन यस्तो कार्य गरेको बयान दिए ।  अन्ततः त्यो मिडिया सधैको लागि बन्द भयो भने मालिक माथि आपराधिक कार्य गरे-गराएकोमा जेलको कालोकोठरी मिल्यो र चिसो हावा खाएर जेल गए । त्यसैले सस्तो लोकप्रियताको लागि जे पनि गर्न तयार हुनु राम्रो संकेत होइन भन्ने यो उदाहरण मात्र हो ।

    के छ कानुनी व्यवस्था 

    कुनै पनि घटनाको सार्वजनिक गर्नु अघि प्रमाण आबस्यक हुन्छ । प्रमाण बिना अपुष्ट वा अतिरन्जित तवरले सार्वजनिक गर्न मिल्दैन । अधिवक्ता विजय हमालका अनुसार वास्तविकता मारेर व्यक्तिको चरित्र हत्या गरे मानहानिको मुद्दा लाग्ने बताउँछन । त्यस्तै अधिवक्ता रामेश्वर भण्डारीले कसैको बिना पुष्टि सामाजिक संजालमा बेईज्जत गरे मानहानीको मुद्दा संगै  साइबर अपराधको मुद्दा समेत लाग्ने बताउछन ।

    के भन्छन पिडित

    अर्थ डेलिसंग कुरा गर्दै पीडितले भने म अहिले निकै पिडामा छु । बिना तथ्य आफ्नो चरित्र हत्या हुँदा आफुलाई जवाफ दिन निकै कष्ट भैरहेको छ । म जसरी फसे अब यस्तो कसैलाई नहोस , उनि भन्छन्-अब कानुनी  उपचार खोज्ने अबस्थामा पुगेको छु । वास्तविकता र तथ्यलाई मारेर कसैले पनि आफ्नो पेशाको बदनाम गर्नु हुँदैन थियो, तर जे नहुनुपर्ने थियो त्यहि भयो । अहिले पनि आम मानिस मिडियालाई बिश्वास गर्दछन तर यस्तै घटना भइरहने र दोषीलाई कानुनी दायरामा नल्याउने हो भने मिडिया माथिको भरोसा बिस्तारै टुट्न सक्ने हुँदा सबै सचेत हुनुपर्ने बताउँछन ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार