नेपालको इतिहासमा २०५८ साल जेठ १९ गते राती ९स:१५ बजे आज कै दिन दरवार हत्यकाण्ड भएको थियो । नेपालको ईतिहासमा कालरात्री मानीने चर्चित नारायणहिटी दरबार हत्यकाण्डमा राजा विरेन्द्र सहित ११ जना राजपरिवारको मृत्यु भएको थियो । आज यो घटना घटेको १९ वर्ष वित्यो तर अहिलेसम्म यो घटनाको रहस्य खुल्न सकेको छैन । उक्त हत्याकाण्डले विश्वलाई नै स्तब्ध बनाएको थियो । नेपालको ईतिहास मै सबै भन्दा क्रुर दरबार हत्याकाण्ड नै हो । बाहिर २५ सय सेनाहरुको बलियो सुरक्षा घेरा थियो । तर, कडा सुरक्षा घेराभित्र उनीहरुको कसरी हत्या गरियो । यसको रहस्य खुल्न अझै सकेको छैन् । उनीहरुलाई किन मारियो र यसको पछाडी कसको हात छ त्यो खुल्न सकेको छैन । दरबार हत्याकाण्डलाई केलाउदै जादाँ सत्यको नजिक पुगे पनि खास रहस्यबारे कसैलाई थाहा हुन सकेको छैन ।
धेरैले देशबाट राजा हटाउन विरेन्द्र नै प्रमुख कारण भएकाले हत्या गरिएको हुन सक्ने अनुमान गरेका छन् । तर, हत्या तत्कालीन युवराज दिपेन्द्रले गरेको आरोप लगाइयो । दिपेन्द्रले नै गरेका भए सबै परिवारलाई किन मारे । आफु राजा बनेर देवयानीलाई भित्र्याउने सोचमा उनले हत्या गरेका थिए भने आफ्नो परिवारकै नास हुने गरि हत्या किन गरे ? तर यो केवल दीपेन्द्रमाथि आरोप मात्र थियो । यो केवल एक प्रश्नको रुपमा मात्र सिमित हुन पुग्यो । हत्या काण्डको रहस्य खोज्ने नाममा राजा विरेन्द्रको लाशमाथी ताण्डब मात्र गरियो । निरिह जनता हेरिरह्यो, सुनिरह्यो । उनीहरुको जिज्ञासा अहिलेसम्म पुरा हुन सकेन ।
मुलुकले आर्थिक तथा राजनितिक हिसाबले लामो फड्को मारेको छ । राजाहरुको शासन चल्ने देशमा गणतन्त्र आई राजनैतिक दलका नेताहरु राष्ट्रपतिसम्म हुदै देशले संघिय संरचनामा पाईला टेकेको छ । विश्वकै उत्कृष्ट संविधान २०७२ निर्माण भएको छ । हालसम्म दरवार हत्याकाण्डको बारेमा छनविन हुन सकेको छैन । नेपालका राजनितिक दलहरुले दरवार हत्याकाण्डको रहस्य लुकाउन खोजेको हुनसक्ने आसंका पनि गरिएको छ । यसलाई खोतल्दै जाने हो भने आज पनि थुप्रै रहस्यहरु फेला पार्न सकिन्छ । तर, गणतान्त्रीक नेपालका विभिन्न समयमा बनेका सरकारहरुले दरबार हत्याकाण्डको निश्पक्ष छानविन नगरेर वीरेन्द्रको परिवारमाथि अन्याय गरिरहेको छ ।
नेपालका कम्युनिष्ट पार्टिहरुले रहस्य लुकाउन खोजेको आरोप समेत लाग्ने गरेको पाईन्छ । देशबाट राजा हटाउनको लागी तत्कालीन नेकपा एमाले र तत्कालीन बिद्रोही माओबादीले पूर्व राजा ज्ञानेन्द्र र पारसमाथि हत्याको आरोप थुपारेर आफुहरु उम्कन खोजेको आरोप छ । वास्तवमा यो साँचो हो जस्तो देखीदैन । नेपालका केहि नेता तथा पार्टिहरुले कम्युनिष्ट सरकारलाई कमजोर बनाउनको लागी पटक-पटक यस्तो आरोप लगाएको अनुमान गर्न सकिन्छ । उनीहरुलाई संका गर्नु स्वाभाविक जस्तो पनि लाग्छ । उनीहरुले राज्य सत्तामा रहेर पनि न्यायको भोक मागीरहेको दरवार हत्या काण्डबारे खोजी निती आजसम्म गरेका छैनन् । दरबार हत्याकाण्डका योजनाकारहरुको साक्षी गिरिजाप्रसाद कोइराला र प्रचण्ड रहेको भन्ने आरोप समेत लगाइयो । पहिले प्रचण्डले रहस्य राजसंस्था फ्याक्नको लागी लुकाएको हो भन्ने आरोप खेप्दै आएका पनि छन् ।
हत्या गर्ने योजना कसको थियो ?
तत्कालीन समयमा गठन गरिएको उच्च स्तरीय छानविन आयोगले हत्यामा दीपेन्द्रको संग्लनता रहेको प्रतिवेदन सरकारलाई बुझाएर आफ्नो झारो मात्र टारेको देखीन्छ । अहिलेसम्म पनि राजा विरेन्द्रको हत्याको पछाडि क-कसको हात थियो भनेर किन खुल्न सकेन ? यदि दिपेन्द्र नै हत्याकाण्डका मुख्य योजनाकार हुन भने के कारण दिपेन्द्रले आफ्नै परिवारको हत्या गरे ? यो विषयमा प्रतिवेदनले प्रष्ट पारेको छैन । छानविन समितीले पेश गरेको प्रतिबेदन हचुवाको भरमा मात्र तयार पारेको प्रष्ट हुन आउछ । के दिपेन्द्र एक्लैले घटना गर्न सक्छन् ? यो असम्भव छ ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले मन्त्रिपरिषद्को आकस्मिक बैठकमा देशवासीका नाममा दिएको एक वक्तव्यमा उनले घटना साह्रै निरिह भएको बताए । वक्तव्यमा उनले घटना कसरी भयो भन्ने प्रष्ट पारेनन् । उनले चाहेर लुकाएका हुन या नचाहेर नभनेका हुन वक्तव्यमा घटनाको बारेमा सानो जानकारी समेत समेटिएको थिएन ।
संवैधानिक राजतन्त्रमा राजाले गर्ने सबै काम प्रधानमन्त्रीको सल्लाह सुझावमा गर्नुपर्ने हुन्छ । तर, त्यत्रो घटनाको छानविन गर्ने प्रतिबद्धता समेत गिरिजाले देखाएनन् । शव यात्राका क्रममा जनताको ढुंगामुढा सहेका तद्कालिन प्रधानमन्त्री गिरिजाप्रसादले घटनाको सत्यतथ्य जानकारी नखोजेरै जनताको सामु आफै प्रकट हुनेछ, भनेझै यथार्थ परिस्थिति र घटनाको सत्य-तथ्य विवरण जनसमक्ष आउनेछ भन्ने विश्वास छ भन्दै उम्किए । उनले पटक पटक दरबार हत्याकाण्डको ग्रान्ड डिजाइन खोल्दिन्छु भन्दै भाषण गरे, तर उनि नखोलेरै संसार छोडेर गए ।
एकछिन मानौ दरवार हत्याकाण्ड दीपेन्द्रले नै गरेका हुन । दिपेन्द्रले त्यत्रो काण्ड गर्दासम्म एडीसीहरू कहाँ थिए र के गरिरहेका थिए । बन्द गरिएको कोठाको झ्यालको ऐना ( सिसा ) फोरेर बाहिर आउन सक्ने तालिम प्राप्त एडीसीहरू गोली चलेको सुन्नासाथ किन बाहिर आएनन् ?
एम्बुलेन्समा उपचार गराउन घाईतेहरुलाई उचारको लागी वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको थियो । युवराज दिपेन्द्रले आफ्नो परिवारको हत्या आफैले गरेका हुन भने उनलाई किन तत्कालीन समयमा राजा घोषणा गरियो । त्यसो हो भने हत्यारलाई राजाको दर्जा दिएर सम्मान किन दिइयो । उनि केवल नाम मात्रको राजा थिए तर शुरुमा नै मरिसकेका थिए । एक चोटी गहन भएर हेर्ने हो भने दिपेन्द्रलाई हत्याकाण्डमा फसाउन खोजिएको प्रष्ट देखीन्छ ।
दीपेन्द्र र देवयानी विच प्रेम
सन् १९८७ देखि १९९० सम्म दीपेन्द्रले इंग्ल्यान्डको इटन कलेजमा अध्ययन गरेका थिए । त्यतिबेला उनका स्थानीय अभिभावक सर जेरेमी बाग्गे थिए। बाग्गेकी छोरी देवयानीकी साथी थिइन । देवयानीलाई दीपेन्द्रले पहिलो पटक उनकै घरमा भेटेका थिए । करिब १२ वर्ष चलेको उनीहरुको प्रेम सम्बन्ध त्यहि भेट पछि बसेका थियो । उनीहरुको विवाहको कुरालाई लिएर रानी ऐश्वर्यले अस्विकार गरेपछि उनीहरूको विवाह हुन सकेन । यहि विवादका कारण दिपेन्द्रले राजदरबार हत्याकाण्डको घिन लाग्दो घटना रचेको हुनसक्ने शंका गर्ने गरिएको छ । देवयानी यो घटना लगत्तै भागेर नयाँ दिल्ली पुगेकाले यो घटनाको शंकामा थप बल पुर्याएको छ । उनी घटना बारे मौन बसीरहेकि छिन ।
को थिइन् देवयानी ?
देवयानी तद्कालिन राप्रपा नेता पशुपति शमसेर जबरा र उनकि कान्छि श्रीमती उषाराजे सिन्धियाकी कान्छी छोरी हुन । उषाराजे भारत ग्वालियरका पूर्वमहाराजा जर्ज जीवाजी राव सिन्धिया र विजयाराजे सिन्धिया कि छोरी हुन । उनकि आमा पनि भारतकी चर्चित राजनीतिज्ञ थिइन । उनी तत्कालीन राजस्थानकी मुख्यमन्त्री बसुन्धराराजे सिन्धिया देवयानीकी सानीआमा हुन् । सन् २००१ सेप्टेम्बर ३० मा हवाई दुर्घटनामा निधन भएका भारतका पूर्वमन्त्री माधवराव सिन्धिया उनका मामा हुन । उनले देहरादुनको वेल्ह्याम गल्र्स हाइस्कुल, अजमेरको मायो कलेज गल्र्स स्कुल र दिल्लीको लेडी श्रीराम कलेजबाट आफ्नो पढाई गरेकि थिइन भने काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन् ।