शनिबार, श्रावण ३० गते २०८३
images

रूपन्देही सामूहिक हत्याकाण्डः पाँचैजनाको पहिचान खुल्यो

  • 1.9K
    SHARES
  • जेठ २७, २०७७ मंगलबार

    काठमाडौं । रूपन्देहीमा सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजारमा सोमबार राति पाँचजनाको हत्या भएको हो ।

    मृत्यु हुनेमा सात वर्षका करण चौधरी, १७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेको प्रहरीले जनाएको छ । माधव र जानकी श्रीमान–श्रीमती हुन् ।

    कान्छीबजारका कृष्ण पुनको भैँसी फर्ममा काम गर्ने सुर्खेतका धसेन्द्र सिंजालीले सोही फर्ममा काम गर्ने उनीहरुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

    हत्या आरोपी सिंजालीलाई प्रहरीले मंगलबार बिहान तिलोत्तमा–१० बाट पक्राउ गरेको छ।

    गोठमा काम गर्ने पाँचजनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक खड्ग बहादुर खत्रीका अनुसार प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार