सोमबार, भाद्र १ गते २०८३
images

अब ट्विटरबाट बोलेरै ट्विट गर्न सकिने

  • 1.5K
    SHARES
  • आषाढ ८, २०७७ सोमबार

    माइक्रो ब्लगिङ साइट ट्विटरसँग प्रायः प्रयोगकर्ताहरुको गुनासो नै यो हुन्छ कि उक्त प्लाटर्फममा आफ्ना विचार तथा भावनाहरु व्यक्त गर्नका लागि केही सीमाहरु छन् ।

    त्यसमध्ये सबैभन्दा ठूलो अड्नच अक्षरहरुको सीमा हो । कहिलेकाहीँ २८० अक्षरको सीमाले निकै समस्या पार्दछन् र आफ्ना कुराहरु टुक्राटुक्रामा ट्विट गर्नुपर्ने बाध्यता हुन्छ । अक्षरको सीमाकै कारण आफूले व्यक्त गर्न चाहेको कुरा सही शब्दमा बयान गर्न नपाएको गुनासो पनि प्रयोगकर्ताको रहने गर्दछ ।

    तर ट्विटर प्रयोगकर्ताहरुले यस्तो खालको गुनासो गर्नु नपर्ने अवस्थाको सिर्जना हुँदैछ । किनकि प्रयोगकर्ताका यी सबै गुनासोहरुलाई मध्यनजर गर्दै ट्विटरले एक नयाँ फिचर लञ्च गरेको छ ।

    हाल परीक्षणको रुपमा जारी गरिएको यस नयाँ फिचरको प्रयोग गरी प्रयोगकर्ताले कुनै अक्षर टाइप नगरी आफ्नो सन्देश ट्विट गर्न सक्नेछन् । अर्थात् ट्विटरले जारी गरेको भ्वाइस फिचरसँगै अब ट्विटर प्रयोगकर्ताले आफ्नो आवाज रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् ।

    यो सँगै ट्विटर प्रयोगकर्ताहरुलाई अक्षरहरु टाइप गर्ने तथा अक्षरको सीमाभित्र बाँधिने झण्झट हट्नेछ र प्रयोगकर्ताहरुले आफ्ना मनका विचार तथा भावनाहरुलाई आवाजमै ट्विट गर्न पाउनेछन् ।

    के छ विशेषता ?

    भ्वाइस ट्विटका लागि प्रयोगकर्ताले अधिकतम १४० सेकेण्डसम्मको अडियो रेकर्ड गरेर ट्विट गर्न सक्नेछन् ।

    यदि १४० सेकेण्डमा पनि मनको कुरा सकिएन भने थ्रेडका रुपमा अर्को नयाँ भ्वाइस ट्विट आफैं बन्नेछ ।

    आफ्नो ट्विट गर्नुपर्ने आवाजको रेकर्डिङ सकिएसँगै रेकर्ड अन्त्य गर्ने बटन ट्याप गर्नुपर्दछ र त्यसपछि कम्पोजर स्कृनमा गई त्यसलाई ट्विट गर्न सकिन्छ । उक्त भ्वाइस ट्विट पनि अन्य शाब्दिकट्विट जस्तै प्रयोगकर्ताको टाइमलाइन देखिनेछ ।

    ट्विटरका अनुसार अहिले यो फिचर परीक्षणका रुपमा लञ्च गरिएको हो र केवल केही एप्पल प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध छ । तथापि आगामी केही हप्तामै ट्विटरको यो फिचर सबै आइओएस प्रयोगकर्ताले प्रयोग गर्न पाउने ट्विटरले जनाएको छ ।

    एन्ड्रोइड फोनमा भ्वाइस ट्विट सुविधा कहिलेदेखि सुरु हुन्छ भन्ने बारेमा चाहिँ ट्विटरले कुनै जानकारी दिएको छैन ।

    बीबीसी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार