मंगलबार, भाद्र २ गते २०८३
images

रियलमीको सी ३ सार्वजनिक

  • 1.6K
    SHARES
  • आषाढ ११, २०७७ बिहीबार

    रियलमी स्मार्ट फोन ब्रान्डले इन्ट्री लेबल स्मार्ट फोन ‘ट्रिपल क्यामेरा, गेम मोनिस्टर’ रियलमी सी३ बिक्री सुरु गरेको छ ।  यो स्मार्ट फोन आकर्षक, ब्याट्री, डिस्प्ले र क्यामेराका हिसाबले निकै उत्कृष्ट भएको कम्पनीको दाबी छ ।

    यसमा मिडियाटेक हेलियो जी७० प्रोसेसर रहेको छ । यसले प्रयोगकर्ता र गेमर्सका लागि शक्तिशाली र द्रुत प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । यसमा ३ जिबी (याम र ३२ जिबी स्टोरेज रहेको छ । यसको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । ट्रिपल क्यामेरा गेम मोनिस्टर रियलमी सी३ देशभरका सबै आउटलेहरूमा उपलब्ध हुने जनाइएको छ ।

    विशेषता

    - यसमा  १२ एमपी + २ एमपी + २ एमपी रियर क्यामेरा सेटअप रहेको छ । रियर मुख्य क्यामेरामा एफ १.८ ठूलो अपार्चर र १.२५ युएम पिक्सेल साइज रहेको छ । यसले चार गुणासम्म जुम गर्न सक्छ । यसमा क्रोमा बुस्ट, पोट्रेट मोड र स्लो मोसन भिडियो रेकर्डिङको सुविधा रहेको छ । 

    - यसमा ६.५ इन्च एचडी प्लस मिनी ड्रप डिस्प्लेका साथ यो सेगमेन्टकै ठूलो डिस्प्ले रहेको कम्पनीको दाबी छ । यसमा मिडियाटेक हेलियो जी७० प्रोसेसर रहेको छ । यो यस सेगमेन्टकै उत्तम भएको र यसमा नेटवर्क लेटेन्सीलाई सुधार्न मिडियाटेक गेमिङ टेक्नोलोजी रहेको जनाइएको छ ।

    ग्राफिक पर्फमेन्स २० प्रतिशत र -याम पर्फमेन्स शतप्रतिशतले सुधारिएको कम्पनीको दाबी छ । रियलमी सी३ मा ट्रिपल कार्ड स्लटका साथ डुअल सिम स्लट र २ सय ५६ जिबीसम्म एक्स्टेन्ड गर्न मिल्ने डेडिकेटेड एसडी कार्ड स्लट छ । यसमा फिंगरप्रिन्ट र फेसियल रिकग्नाइजेसन अनलक प्रविधि रहेको छ ।

    - यो स्मार्ट फोनमा ५ हजार एमएएच ब्याट्री भएकाले लामो समयसम्म ब्याट्री चार्जको समस्या नपर्ने कम्पनीको दाबी छ । यसमा घन्टौंसम्म कुराकानी गर्न, यु ट्युबका भिडियोहरू प्रवाह गर्न, गीतहरू सुन्न, गेम खेल्न र कुनै रोकावटविना नेभिगेट गर्न सकिने जनाइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार