काठमाडौं । नेपाल टेलिकमको बबरमहलस्थित भवनको सातौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भारतको उत्तर प्रदेश घर भइ हाल काठमाडौँका बस्दै आएका बसन्त राठौर रहेका छन्।
नेपाल टेलिकमका लागि मर्मत सम्भारको काम गर्ने एउटा कम्पनीमार्फत बबरमहलमा कार्यरत राठौर आइतबार दिउँसो टावर मर्मत गर्दै गर्दा खसेका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले उनको घटनास्थलमै मृत्यु भएको बताएका छन। उनका अनुसार प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।